सामसङ ग्यालेक्सी जेड फोल्ड५ र फ्लिप५ मा २५ वाटको चार्जिङ रहने

  • Technology Khabar | १२ बैशाख २०८०, मंगलवार
सामसङ ग्यालेक्सी जेड फोल्ड५ र फ्लिप५ मा २५ वाटको चार्जिङ रहने

काठमाडौं ।

सामसङले फेरि पनि २५ वाट चार्जिङको साथ आफ्नो आगामी फोल्डेबलहरू लन्च गर्ने देखिएको छ। ग्यालेक्सी जेड फोल्ड५ र फ्लिप५ ३सी लिस्टिङमा सामसङको इपी–टीए८०० मोडल चार्जरको साथ देखा परेको छ। ग्यालेक्सी जेड फोल्ड ५ (एसएम–एफ९४६०) र जेड फ्लिप५ (एसएम–एफ७३१०) दुबैमा आफ्ना पूर्ववर्तीहरूको जस्तै चार्जिङ स्पिड फिचर गरिने छ।

यद्यपि खुद्रा प्याकेजहरूले चार्जिङ ब्रिकलाई पछिल्लो केही वर्षहरूमा मानक अभ्यासको रूपमा समावेश नगरिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

सामसङको अर्को पुस्ताको फोल्डेबलहरुमा ग्यालेक्सी चिपसेटको लागि क्वालकमको स्न्यापड्रागन ८ जेन २ सँग लन्च गर्ने अपेक्षा गरिएको छ। जेड फोल्ड५ र जेड फ्लिप५ दुवैमा नयाँ ड्रपलेट हिन्ज डिजाइन फिचर गरिने भनिएको छ।

साथै उक्त डिजाइनले विगतका सामसङ फोल्डेबलहरूमा देखिएको स्क्रिन क्रिजलाई “लुकाउने” बताइएको छ। जेड फ्लिप५ मा ठूलो ३.३–३.४ इन्चको कभरस्क्रिन पनि ल्याउने उल्लेख गरिएको छ।

प्रकाशित: १२ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...