Technology Khabar १२ बैशाख २०८०, मंगलवार
काठमाडौं ।
विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक भेहिकल निर्माता बीवाईडीको आफ्नो उत्पादन लाइनअप विस्तार गर्ने क्रम जारी नै रहेको छ। बिक्री बढाउन “ब्रान्ड“ नीति अपनाएको कम्पनीले भर्खरै सांघाई अटो शोमा डाइनेस्टी, ओसियन, तेङ्गशी र यिङ्गवाङ्ग ब्रान्डको घोषणा गरेको थियो भने उक्त अटो शोमा ब्रान्डले सफलतापूर्वक ध्यान आकर्षित गरेको उल्लेख छ।
त्यसैगरी हालै मात्र बीवाईडीको आगामी इलेक्ट्रिक पिकअप ट्रकको पहिलो झलकहरु प्रदान गर्ने फोटोरूको सिरिज इन्टरनेटमा लीक भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
पिकअप ट्रक बजारमा बीवाईडीको नयाँ इलेक्ट्रिक मोडल
बीवाईडीले ईभी बजारमा आफ्नो नवीनतम इलेक्ट्रिक पिकअप ट्रकको कारण तरंगहरू सिर्जना गरिरहेको र हालैका अनलाइन लीकहरूका अनुसार उक्त नयाँ ईभी कम्पनीको पहिलो इलेक्ट्रिक पिकअप ट्रक रहेको उल्लेख गरिएको छ। अटोमोबाइल निर्माताहरूले प्रायः आफ्नो नयाँ मोडेलहरू परीक्षण गर्ने गर्दछन्। विकास प्रक्रियाको अन्तिम चरणको दौरान क्यामफ्लाज गरि नयाँ भेहिकललाई लुकाएर सही नतिजाहरू प्राप्त गर्नको लागि भनेर वास्तविक संसारमा गाडीको परीक्षण गर्ने गरिन्छ।
बीवाईडीले विकास गरेको विद्युतीय पिकअप ट्रक पनि यसै क्रममा देखिएको बताइएको छ। लिक भएका फोटोहरूले ईभीको एक आकर्षक र गतिशील डिजाइन प्रदर्शन गरेको र अन्य प्रतिस्पर्धीहरू भन्दा भिन्न देखिनुका साथै बीवाईडीलाई ईभी पिकअप खण्डमा गणना गरिएको उल्लेख गरिएको छ। बीवाईडी ट्रकको अगाडिको भागमा ग्रिल र हेडलाइटहरूमा (चम्किलो) साइनी सिल्भर सजावट रहेको बताइएको छ। कम्पनीको क्रोममा रहेको लोगो मुख्य फोकस भएको र हेडलाइटहरू स्प्लिट–स्टायल (शैली)को रहेको उल्लेख गरिएको छ। साथै हेडलाइटहरूमा कडा लाइनहरू रहेको र त्यसले हेडलाइटहरू कडा र टिकाउ भएको भनेर देखाएको भनी बताइएको छ।
त्यसैगरी गाडीमा एउटा ह्यान्डी साइड स्टेप र प्य्राक्टिकल डबल–रो सिट कन्फिगरेसनले सुसज्जित केबिन रहेको छ। पछाडिको चक्का माथि चार्जिङ पोर्टको उपस्थितिले प्रयोगकर्ताहरूलाई सुविधा प्रदान गर्नेछ। आगामी पिकअप ट्रक प्लग–इन हाइब्रिड र अल–इलेक्ट्रिक गरी दुई पावरट्रेन कन्फिगरेसनमा उपलब्ध हुने अनुमान गरिएको छ। साथै बीवाईडी इलेक्ट्रिक पिकअपमा हाइड्रोलिक एक्टिभ सस्पेन्सन सिस्टम, स्ट्रिमिङ रियरभ्यू मिरर, ह्वावे एआर–एचयूडी र युनिक कोलम–माउन्टेड गियर सिफ्ट एरेन्जमेन्ट (व्यवस्था) समावेश गर्न सकिने सम्भावना रहेको छ।
यसअघि साझा गरिएका योजनाहरूका अनुसार बीवाईडीले २०२३ मा आफ्नो इलेक्ट्रिक पिकअप प्रस्तुत गर्ने लक्ष्य राखेको बताइएको छ। साथै बीवाईडीले उक्त नयाँ पिकअपलाई एक विशेष “प्रोफेश्नल पर्सनालाइजेसन” (व्यावसायिक निजीकरण) ब्रान्ड अन्तर्गत लन्च गर्ने सम्भावना पनि रहेको बताइएको छ।
यस ग्राउन्डब्रेकिंग ईभी पिकअपको मूल्य भने ४००,००० देखि ६००,००० युआन (लगभग ६००,००० देखि ९०,००० अमेरिकी डलर) सम्म हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १२ बैशाख २०८०, मंगलवार