शाओमी मिक्स फोल्ड ३ मा पेरिस्कोप क्यामरा र आईपी रेटिङ रहने

  • Technology Khabar | ११ बैशाख २०८०, सोमबार
शाओमी मिक्स फोल्ड ३ मा पेरिस्कोप क्यामरा र आईपी रेटिङ रहने

काठमाडौं ।

चिनियाँ लीकस्टरहरूले बजारमा आउन लागेको शाओमी मिक्स फोल्ड ३ मा ध्यान केन्द्रित गरिरहेका छन्। डिजिटल च्याट स्टेशनका अनुसार, नयाँ फोल्डेबल स्न्यापड्रागन ८ जेन २ चिपसेटको साथ २०२३ को दोस्रो अर्धवार्षिकमा आइपुग्ने छ।

आगामी फोल्डेबलमा पेरिस्कोप क्यामरा र वाटरप्रूफ बडी पनि रहने बताइएको छ। उत्पादनको परीक्षण पूरा भएपछि वास्तविक मूल्याङ्कन निर्धारण गर्न भने बाँकी नै रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

मिक्स फोल्ड २मा ६७डब्ल्यू चार्जिङ समावेश गरिएको थियो। त्यसैगरी शाओमीले नेक्स्ट–जेन फोनमा पनि सोही गति राख्ने भएको छ। यद्यपी कम्पनीले यस पटक भने वायरलेस चार्जिङ प्रस्तुत गर्न लागेको बताइएको छ। साथै यसले वेयरबल्सको लागि रिभर्स वायरलेस चार्जिङको लागि ढोका खोल्न सक्ने सम्भावना छ।

डिजिटल च्याट स्टेसनले मिक्स फोल्ड ३ लाई हालको फोल्ड २ सँग गरेको तुलना अनुसार नयाँ डिभाइस अझ पातलो र हलुको हुने बताएको छ।

प्रकाशित: ११ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...