
काठमाडौं ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष डा. महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि आवश्यक नीति नियम निर्माण गर्न सरकारलाई दबाब दिन भन्दै आन्दोलन शुरु गर्ने भएका छन्।
अध्यक्ष पुनले आइबार सामाजिक सञ्जालमा पोष्ट गर्दै अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि आवश्यक नीति नियम बनाउन नेपाल सरकारसँग ठोस माग सहित आन्दोलन शुरु गर्ने बताएका छन्।
उनले सडकमा धर्ना बसेर आन्दोलन सुरु गर्ने बताएका छन्। तर धर्ना कहिलेबाट शुरु गर्ने भन्ने बताएका छैनन्। उनले कुन सडकमा कसरी धर्ना बस्ने भन्ने खाकासमेत दिएका छन्।
सामाजिक आन्दोलन गर्ने स्थान र धर्ना बस्नेहरुले पालना गर्नु पर्ने नियम: अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागी अति आबश्यक नीति नियम बनाउन र आबश्यक कदम चाल्न नेपाल सरकारलाई ठोस माग सहित आन्दोलन सुरु गर्दा कुन सडकमा र कसरी धर्ना बस्ने भन्ने खाका दिइएको छ। अहिले मिति तोकिएको छैन???? pic.twitter.com/Asx2Fzi4LS
— Mahabir Pun (@MahabirPun) April 23, 2023
यस्तो छ महावीर पुन धर्नामा बस्ने सडकको तालिका
१. माइतीघर मण्डलाबाट बिजुली बजार सम्मको सडकको उत्तर तिरको लेनमा मात्र सबै आन्दोलनकारीहरुले धर्ना बस्ने। आवश्यक पर्यो भने नयाँ बानेश्वर चोकसम्मको लेनमा पनि धर्ना बस्ने। सो सडकको दक्षिण तिरको लेनमा गाडीहरु आवत जावत गर्न दिने।
२. बिजुली बजार बाट उत्तर तिरको पुल सम्म र सो पुल बाट हनुमान स्थान सम्मको सबै बाटोमा धर्ना बस्ने र हनुमान स्थान भन्दा अगाडि नबढ्ने ।
३. माइतीघर मण्डलाको पश्चिम पट्टी रहेको नेपाली सैनिक ब्यारेकसंग जोडिएको सडक खुला राख्ने र भद्रकाली तिर जाने सडक पनि खुला राख्ने। सो सडकमा गाडीहरु आवत जावत गर्न दिने।
४. माइतीघर मण्डलाबाट उत्तर तिर रहेको पुरातात्विक विभागको अगाडिको आकाशे पुल सम्मको सबै सडकमा धर्ना बस्ने।
५. पुरातात्विक विभागको अगाडिको आकाशे पुलबाट पुर्वतिरको बबरमहल रिभिजिटेडसम्मको सडकमा धर्ना बस्ने र त्यहा भन्दा अगाडी नबढ्ने।
६. बबरमहल चोक देखि उत्तर तिर रहेको नेपाल आयल निगमको अगाडिको सडकमा अफिस छिर्न मिल्ने बाटो छोडेर धर्ना बस्ने ।
प्रकाशित: १० बैशाख २०८०, आईतवार