
काठमाडौं ।
सामसङ ग्यालेक्सी ट्याब एस ९ सिरिज यस वर्ष लन्च हुने भएको छ। त्यसैगरी ट्याब लन्च चाँडो भन्दा चाँडो हुन सक्ने सम्भावना रहेको उल्लेख छ।
यसै क्रममा ग्यालेक्सी ट्याब एस९ प्लससँग सम्बन्धित नयाँ गीकबेन्च लिस्टिङहरु देखा परेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
ट्याब एस९ प्लस भेनिला एस ९ र एस ९ अल्ट्राको बीचको स्लटमा पर्ने उल्लेख छ। यस ट्याबमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिने भएको र यो स्कोरकार्डमा पनि देखिएको छ।
परीक्षण गरिएको युनिटमा १२ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टारेज (आन्तरिक भण्डारण) फिचर गरिनुका साथै एन्ड्रोइड १३ मा चल्नेछ।
प्रकाशित: १० बैशाख २०८०, आईतवार