एसरको ईबी टू स्मार्ट ई–बाइकको मूल्य र उपलब्धता विवरण सार्वजनिक

  • Technology Khabar | १० बैशाख २०८०, आईतवार
एसरको ईबी टू स्मार्ट ई–बाइकको मूल्य र उपलब्धता विवरण सार्वजनिक

काठमाडौं ।

गत मार्चमा पहिलो पटक अनावरण गरिएको एसरको ईबी इलेक्ट्रिक बाइकको मूल्य निर्धारण विवरणहरू घोषणा गरिएको छ। यस ई–बाइकलाई आगामी सेप्टेम्बरदेखि युरोपमा पहिलो पटक बिक्री गरिने भएको छ। साथै यसको मूल्य १,९९९ यूरो रहेको छ।

यद्यपी, कम्पनीले यस स्मार्ट बाइक अन्य बजारहरुमा कहिले बिक्रीमा जानेछ भन्ने बारेमा खुलासा नगरेको तर युरोपमा यसको पहिलो बिक्रीपछि अन्य बजारहरुले पनि पछ्याउने अपेक्षा गरिएको गीज्मोचाइनामा उल्लेख छ।

एसर ईबी स्मार्ट ई–बाइक एक नयाँ र उन्नत उत्पादन भएको र सिटि राइडिङ (शहरी सवारी)को लागि उपयुक्त रहेको बताइएको छ। लाइटवेट डिजाइन रहेको यस स्मार्ट ई–बाइकको एआई फिचरर्सले राइडरको प्रिफरेन्सेस सिक्ने हुनाले थप सहज र व्यक्तिगत अनुभव प्रदान गर्न सक्ने उललेख गरिएको छ। यसको अटोमेटिक गियर–सिफ्टिङ सिस्टमले राइडलाई अप्टिमाइज गर्न सक्नेछ।

एसर ईबीको तौल मात्र ३५ पाउण्ड रहेको र यो अन्य ई–बाइक भन्दा हलुको भएको उल्लेख गरिएको छ। यो लगभग ३२ किलोमिटर प्रति घण्टा (२०एमपीएच) को अधिकतम गति पुग्न सक्ने र लगभग ११३ किलोमिटर (७० माइल) को रेन्ज प्रदान गर्नेछ। बाइक २.५ घण्टा भित्र फुल चार्ज गर्न सकिने र पावर ब्रिकले ल्यापटप वा फोन चार्ज गर्न पनि प्रयोग गर्न सकिने बताइएको छ।

साथै ईबीगो कम्प्यानियन एप एकदमै उपयोगी भएको र यसले जानकारी र कन्ट्रोल फिचर्स प्रदान गर्ने बताइएको छ। बाइक लक र अनलक गर्ने क्षमता र अटो–लक फिचर (सुविधा)को साथ, एपले ईबीको सक्युरिटि इनह्यान्स गर्ने उल्लेख गरिएको छ। एन्टी–थेफ्ट अलार्म र कोलिजनडिटेक्सन सेन्सरको साथ ईबीले थप सेफ्टी फिचरहरू पनि प्रदान गर्ने बताइएको छ।

यसबाहेक, एयरलेस टायर र प्रत्येक दिशामा रहेको बत्तीहरूले अर्बन राइडरहरूलाई थप सुविधा र मानसिक शान्ति प्रदान गर्न सक्ने उल्लेख छ।

प्रकाशित: १० बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...