इलेक्ट्रिक विमानहरू चाँडै वास्तविकता बन्न सक्ने

  • Technology Khabar | ९ बैशाख २०८०, शनिबार

काठमाडौं ।

विद्युतीय विमानहरू अझै प्रयोगात्मक चरणमा रहेका छन। तर हालको प्रगतिले ती निकट भविष्यमा वास्तविकता बन्न सक्ने बताइएको छ। विद्युतीय विमानहरूको मुख्य चुनौती भनेको जेट इन्धनको तुलनामा ब्याट्रीहरूको सीमित ऊर्जा घनत्व रहेको छ। तर दायरा विस्तार गर्न र दक्षता सुधार गर्नको लागि भनेर नयाँ ब्याट्री प्रविधिहरू र हल्का तौल सामग्रीहरूमा प्रगतिहरू विकास भइरहेका छन्।

साथै एयरबस, बोइङ र रोल्स रोयस जस्ता कम्पनीहरूले पनि विद्युतीय विमान प्रविधिमा लगानी गरिरहेका छन्। सम्भावित वातावरणीय र आर्थिक लाभहरूका साथै कार्बन उत्सर्जन कम गर्न नियामक दबाबहरूले यस प्रविधिमा रुचि र लगानीलाई बढावा दिइरहेका छन् र विद्युतीय विमानहरूले परम्परागत विमानहरूलाई पूर्ण रूपमा प्रतिस्थापन नगरे तापनि तिनीहरू भविष्यमा आकाशमा सामान्य दृश्य बन्न सक्ने गीज्मोचाइनाको रिपोर्टमा उल्लेख गरिएको छ।

चिनियाँ ब्याट्री उत्पादक कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी (सीएटीएल)ले विद्युतीय यात्रुवाहक विमानलाई शक्ति दिन सक्ने दाबी गर्दै नयाँ ब्याट्री सार्वजनिक गरेको छ। उक्त ब्याट्री कन्डेन्स्ड इलेक्ट्रोलाइटको साथ सेमी–सोलिड स्टेट ब्याट्री भएको र यसको (डेनसिटी) घनत्व ५०० डब्लुएच/के सम्म रहेको उल्लेख छ। साथै ब्याट्रीले यसको वजनको प्रत्येक किलोग्रामको लागि ५०० वाट घण्टासम्मको ऊर्जा भण्डारण गर्न अनुमति दिने बताइएको छ।

सीएटीएलले यस ब्याट्रीलाई छोटो समयमा नै ठूलो मात्रामा उत्पादन गर्न सकिने र उडान गर्ने फ्लाइङ्ग इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारीसाधन) विकास गर्नको लागि भनेर साझेदारहरूसँग मिलेर कामको थालनी गरिसकेको बताएको छ। यसका साथै, सीएटीएलले आफ्ना ब्याट्रीहरूको कार्बन फुटप्रिन्ट सुधार गर्न काम गरिरहेको बताएको र यसको उत्पादन प्लान्टहरूको २०२५ सम्ममा कार्बन तटस्थता र २०३५ सम्म ब्याट्री मूल्य श्रृंखलामा हासिल गर्ने योजना बनाएको छ। कम्पनीले लक्ष्य हासिल गर्न भनेर खानी, कच्चा पदार्थ, ब्याट्री म्याटिरियल, सेल म्यानुफ्याक्चरिङ र ब्याट्री प्रणालीमा ध्यान केन्द्रित गर्ने योजनामा रहेको उल्लेख गरिएको छ।

केही समयदेखि बिद्युतीय विमानहरू विकासमा रहेको भए तापनि परम्परागत जेट–इंन्धनबाट चल्ने विमानको व्यवहार्य विकल्प बन्नु अघि अझै पनि महत्वपूर्ण चुनौतीहरू रहेको छ। यसका बावजुद, सीएटीएल आफ्नो ब्याट्री पछाडिको प्रविधिले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको र यसले सन् २०२५ सम्ममा आफ्ना उत्पादन प्लान्टहरूका लागि र २०३५ सम्ममा ब्याट्री मूल्य श्रृंखलामा कार्बन तटस्थता हासिल गर्ने योजना बनाएको छ।

प्रकाशित: ९ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार