
काठमाडौं ।
अमेरिकाको कोलोराडोमा आधारित बायोफायर टेकले अनुहार पहिचान अर्थात फेसियल रिकोग्निसन प्रविधिद्वारा सक्षम स्मार्ट बन्दुकको अर्डर लिइरहेको छ। यो व्यक्तिगत हतियारमा भएको नवीनतम विकासले गर्दा यसबाट प्रमाणित प्रयोगकर्ताहरूले मात्र फायर (गोली चलाउन) सक्नेछन्।
तर स्मार्ट बन्दूकहरूले सामना गर्ने चुनौतीमा यस हप्ता प्रदर्शन गरिएको एउटा प्रोटोटाइप बन्दुकले दुई पटक फायर गर्न असफल भएको रोयटर्सले रिपोर्ट गरेको छ।
कम्पनीका संस्थापक र प्रमुख कार्यकारी काई क्लोफेरले सफ्टवेयर र इलेक्ट्रोनिक्सको पूर्ण परीक्षण भइसकेको र पूर्व उत्पादन र प्रोटोटाइप पार्ट्सबाट बनेको मेकानिकल बन्दुकसँग सम्बन्धित रहेको बताए।
अन्य समयको प्रदर्शन क्रममा हतियार सफलतापूर्वक फायर भएको र अनुहार पहिचान प्रविधिले पनि काम गरेको देखिन्थ्यो।
बायोफायरको बन्दुकलाई फिंगरप्रिन्ट रिडरद्वारा पनि सक्षम गर्न सकिन्छ। बच्चाहरूद्वारा आकस्मिक गोलीबारीबाट बच्न, आत्महत्या कम गर्न, प्रहरीलाई बन्दुक समात्नबाट जोगाउन, वा हराएको र चोरी भएका बन्दुकहरूलाई प्रयोग गर्न नमिल्ने गरी डिजाइन गरिएको धेरै स्मार्ट बन्दुकहरू मध्ये एक हो।
नौ एमएम ह्यान्डगनको पहिलो उपभोक्ता तयार भर्सन यस वर्षको चौथो क्वाटरमा प्रि अर्डर गरेका ग्राहकलाई उपलब्ध गराइने बताईएको छ। स्टयन्डर्ड मोडल १ हजार ४९९ अमेरिकी डलरमा २०२४ को दोस्रो त्रैमासिकसम्म उपलब्ध हुने बायोफायरले बताए।
यो २०१४ को अमोटिक्स पछि अमेरिकामा व्यावसायिक रुपमा उपलब्ध हुने स्मार्ट बन्दुक हुनेछ। अन्य दुई अमेरिकी कम्पनी लोडस्टार वर्क र फ्रि स्टेट फायरआर्मले पनि बजारमा स्मार्ट बन्दुक ल्याउने प्रयास गरिरहेका छन्।
प्रकाशित: ९ बैशाख २०८०, शनिबार