गिली जोमेट्री पाण्डा मिनी डब्लुटी डक लिमिटेड संस्करण शंघाई अटो शोमा प्रदर्शन

  • Technology Khabar | ९ बैशाख २०८०, शनिबार

काठमाडौं ।

गिलीको जोमेट्रीले २०२३ शंघाई अटो शोमा पाण्डा मिनी डब्लु.टी डक सिमित संस्करण लन्च गरेको छ। यो मोडल डिसेम्बर २०२२ मा लन्च गरिएको पाण्डा मिनीको सीमित संस्करण भएको बताइएको छ। पाण्डा मिनीको उक्त सीमित संस्करण ह्याप्पी र लक्की गरी दुई भर्सनमा उपलब्ध भएको र निनीहरुको मूल्य ५३,९०० युआन (७,८४२ डलर) र ५६,९०० युआन (८,२७९ डलर) रहेको छ।

यस नयाँ ईभी पाण्डा मिनीको सामान्य भर्सनमा आधारित रहेको र यसको डिजाइनमा धेरै डब्लु.टी डक आईपी तत्वहरूका साथै पहेंलो रङ्गको स्किम पनि समावेश गरिएको छ। साथै ईभीको (इन्टेरियर) भित्री भागमा डब्लु.टी. डक थिम अनुरूप केही सुधार पनि गरिएको छ।

फोर–सिट सिटि भेहिकल भनिएको यस पाण्डा मिनीमा दुई ओटा ढोका रहेको र यसको लम्बाइको ३,०६५ एमएम रहेको उल्लेख गरिएको छ। साथै यसलाई धेरै टाइट स्पेसमा पनि सजिलैसंग पार्क गर्न सकिने छ। कार पानारोमिक ग्लास रुफ सहित पान्डा जस्तो देखिने धेरै वार्म कलर अप्सनमा सुसज्जित छ। यस मिनी ईभीको पाङ्ग्राहरू पाण्डाको पञ्जाको प्रिन्ट झल्कने गरी डिजाइन गरिएको र यसको अगाडिको बम्परले यसलाई प्रतिबिम्बित गर्ने उल्लेख गरिएको छ। साथै अगाडिको बम्परको फेदमा एउटा ट्रिम रहेको र त्यो पाण्डाको कान जस्तो देखिने बताइएको छ। गोलो हेडलाइटहरू र टेललाइटहरूले पाण्डाको आँखाको जस्तो झल्किने उल्लेख गरिएको छ। यस मिनी ईभीमा ८ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिनका साथै वायरलेस मोबाइल फोन इन्टरकनेक्सन प्रणाली पनि रहेको छ।

पाण्डा मिनी ईभीमा ३० किलोवाटको इलेक्ट्रिक मोटर र गुओक्सुआन हाई–टेकद्वारा निर्मित एलएफपी ब्याट्री जडान गरिएको छ। यस मिनी ईभीको रेन्ज (दायरा) १५० किलोमिटर रहेको र यो दैनिक सिटि कम्युटका साथै अन्तर–शहर एकतर्फी आवागमनका लागि पनि उपयुक्त भएको उल्लेख छ। डब्लु.टी. डक मोडलको रेन्ज भने २०० किलोमिटरसम्मको रहेको दाबी गरिएको छ। यसले २२केडब्ल्यू डीसी फास्ट चार्जिङलाई पनि समर्थन गर्नुका साथै यसले केवल ६८ मिनेटमा ब्याट्रीलाई पूर्ण रूपमा चार्ज गर्न सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: ९ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया