नौ करोडको बेस स्टेशन अयात

  • Technology Khabar | ९ बैशाख २०८०, शनिबार
नौ करोडको बेस स्टेशन अयात

काठमाडौं ।

नेपालमा ठूलो परिणाममा बेस स्टेशन (बीटीएस) को आयात भएको छ। चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म ९ करोड १३ लाख ३२ हजार रुपैयाँ बराबरको बसे स्टेशन आयात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ।

गत आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तमा ४७ लाख ४१ हजार रुपैयाँको बेस स्टेशन आयात भएको थियो।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा ८ करोड ६५ लाख ९१ हजार रुपैयाँको बेस स्टेशन आयात भएको छ।

चालु आवमा १ हजार १५८ ओटा बेस स्टेशन आयात भएको छ। गत आर्थिक वर्षमा जम्मा ६४ ओटा मात्र बेस स्टेशन आयात भएको थियो। गत आवको तुलनामा चालु आवमा बेस स्टेशनको आयात १०९४ ओटाले बढेको छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ८ ओटा मुलुकबाट बेस स्टेशन आयात भएको देखिन्छ।

अस्ट्रेलिया, चीन, जर्मनी, भारत, जापान, स्पेन, ताइवान र यूएईबाट बेस स्टेशन आयात हुने गरेको छ।

रकमको आधारमा चीन र संख्याको आधारमा भारतबाट सर्वाधिक बेस स्टेशन आयात हुने गरेको तथ्यांकमा देखिन्छ।

चीनबाट ७ करोड ४५ लाख ५८ हजार रुपैयाँ बराबरको ३७६ ओटा बेस स्टेशन आयात भएको छ।

भारतबाट ५ लाख १७ हजार रुपैयाँ बराबरको ७६४ ओटा बेस स्टेशन आयात भएको छ।

अस्ट्रेलियाबाट ५५ लाख ६३ हजार रुपैयाँ बराबरको ३७६ ओटा बेस स्टेशन आयात भएको छ।

जर्मनीबाट ४ लाख ३१ हजार रुपैयाँ बराबरको ३ ओटा बेस स्टेशन आयात भएको छ।

जापानबाट १६ लाख ३२ हजार रुपैयाँ बराबरको १ ओटा बेस स्टेशन आयात भएको छ।

स्पेनबाट ३० लाख ५ हजार रुपैयाँ बराबरको १ ओटा बेस स्टेशन आयात भएको छ।

ताइवानबाट ३७ लाख ५१ हजार रुपैयाँ बराबरको २ ओटा बेस स्टेशन आयात भएको छ।

यूएईबाट १८ लाख ७५ हजार रुपैयाँ बराबरको १ ओटा बेस स्टेशन आयात भएको छ।

के हो बीटीएस टावर?

बेस स्टेशनका नामले पनि चिनिने बीटीएसको पूरा रुप बेस ट्रान्सिभर स्टेशन हो। दूरसञ्चार क्षेत्रभित्रको मोबाइल सञ्चारमा बीटीएस टावरले तरंगहरु पठाउने र पाउने हिसाबले रेडियो ट्रान्सिभरहरुलाई बोक्ने गर्छन्। यिनै ट्रान्सिभरहरुले हावामा तरंगित रेडियो लिंक प्रोटोकललाई हाम्रा मोबाइलसम्म पुर्याएर मोबाइल मार्फत् हुने कुराकारी सफल हुन भद्दत गर्दछन्।

बीटीएस टावरलाई सामान्य भाषामा मोबाइल टावरका रुपमा चिनिन्छ। हामीले विभिन्न ठाउँमा अग्ला डाँडा वा भवनको छतमा देख्ने अधिकांश टावरहरु बीटीएस टावर नै हुन्।

किन आउँछन् बीटीएस उपकरण?

दूरसञ्चार क्षेत्रमध्येको मोबाइल सञ्चारको मुख्य मेरुदन्ड भनेको एक ठाउँबाट पठाइएको सन्देशलाई अर्को ठाउँमा रहेको मोबाइलसम्म पुर्याउने उकपकरण नै हुन्। यिनै उपकरणलाई अड्याउनका लागि निर्माण गरिने संरचना नै बीटीएस टावर हुन्।

यस हिसाबले नेपालमा पनि दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको र देशभरका अधिकांश ठाउँका मानिसहरुले मोबाइल फोनको प्रयोग गरिरहँदा सेवा प्रदायकहरुले आफ्ना सेवा दुर्गम ठाउँहरुसम्म विस्तार गर्दै जानुपर्ने हुन्छ।

यसरी शहरमा मात्र केन्द्रित नभइ गाउँगाउँसम्म मोबाइल सिग्नल पुर्याउनका लागि मोबाइल सेवा प्रदायकहरुले यस्ता बीटीएस उपकरणहरु विश्वका विभिन्न देशहरुबाट आयात गर्ने गर्दछन्।

त्यसैगरी देशभर फोरजी सेवाको बिस्तारका लागि टेलिकम अपरेटरहरु सशक्त भएर लागिरहेको र साथै नेपाल टेलिकम फाइभजीको परीक्षण सेवा शुरु गर्ने योजनामा रहेकाले बीटीएस टावर लगायत मोबाइल प्रविधिसँग सम्बन्धित थुप्रै प्रकारका उपकरणहरु निरन्तर रुपमा आयात भइरहन सक्छन्।

प्रकाशित: ९ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार