
काठमाडौं ।
सामसङ ग्यालेक्सी वाच सिरिजहरुमा मेनु स्क्रोल गर्न प्रयोग गरिने एक युनिक किसिमको रोटेटिङ बेजेल हुने गर्द थियो। उक्त हार्डवेयर फिचर पछिल्लो वाच ५ सिरिजहरुबाट हटाइएको थियो।
तर प्रख्यात टिपस्टर आइस युनिभर्सका अनुसार, अब उक्त फिचर ग्यालेक्सी वाच ६ प्रोको साथ फिर्ता आउने भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
सामसङले वाच ५ र वाच ५ प्रोलाई भर्चुअल रोटेटिङ बेजेलको साथ लन्च गरेको र त्यसले गेस्चरको रूपमा स्क्रिनको किनारमा काम गर्ने बताइएको छ। यस फिचरलाई ग्यालेक्सी वाच ४ मा पनि लागू गरिएको थियो र भौतिक भने क्लासिक अप्सनको लागि आरक्षित गरिएको छ।
लीकस्टरले खुलासा गरेअनुसार वाच६ प्रो मा “न्यारो बेजेल” हुने र त्यसले लार्जर स्क्रिन वा स्मल बडिलाई औंल्याएको बताइएको छ।
बेजेल फिर्ता आउने बारेको जानकारी यो पहिलो पटक भने होईन्। गत महिना पनि यस्तै प्रकारको अफवाहहरु सुन्नमा आएका थिए। साथै वाच ६को ब्याट्री क्षमतामा केही वृद्धि गरिने र वाच ६ प्रोमा बम्प पनि हुन सक्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ९ बैशाख २०८०, शनिबार