एप्पलको भारतमा दोस्रो आधिकारीक रिटेल स्टोर संचालनमा

  • Technology Khabar | ८ बैशाख २०८०, शुक्रबार
एप्पलको भारतमा दोस्रो आधिकारीक रिटेल स्टोर संचालनमा

काठमाडौं ।

एप्पलले भारतमा आफ्नो दोस्रो आधिकारीक रिटेल स्टोर संचालनमा ल्याएको छ। भारतिय सरकारसँगको लामो वार्तापछि एप्पललाई भारतमा आफ्नो पहिलो आधिकारिक स्टोर खोल्नको लागि अनुमति दिइएको थियो। भारतले स्टोर लोकेसन्सको लागि योग्य हुनको लागि कम्पनीको उत्पादनहरु कम्तिमा पनि ३० प्रतिशत भारतीय भूमिमा हुन आवश्यक रहेको उल्लेख गरिएको छ।

दुई दिन अघि मुम्बईमा एप्पल बीकेसी स्टोर खोलेको एप्पलले नयाँ दिल्लीमा आफ्नो अर्को एउटा नयाँ स्टोर खोलेको हो।

नयाँ दिल्लीको एप्पल साकेत स्टोर मुम्बईको बीकेसी स्टोर जस्तो भव्य भने नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ। यदपी नयाँ दिल्लीको उक्त एप्पल साकेत स्टोर एक स्ट्याण्डर्ड मल स्टोर भएतापनि धेरै प्रशंसकहरूलाई आकर्षित गरेको बताइएको छ। एप्पल प्रशंसकहरूको ठूलो भीड त्यहाँ जम्मा भएको उल्लेख छ।

साथै स्टोरको भित्री भाग भने एप्पलको डिजाइन ल्याङ्गवेज अनुरूप नै रहेको र ओक टेबलहरूमा एप्पलका उत्पादनहरू र सामानहरू प्रदर्शनमा राखिएको उल्लेख गरिएको छ। त्यसैगरी भारतमा निर्मित फिचर वाल पनि उक्त नयाँ स्टोरमा रहेको थप बताइएको छ।

उक्त स्टोर पनि एप्पलका सीईओ टिम कुकले उद्घाटन गरेका थिए।

प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार