ट्विटरले हटायो शुल्क नतिर्ने व्यक्ति र संस्थाहरूको खाताबाट प्रमाणीकरणको निलो चिन्ह

  • Technology Khabar | ८ बैशाख २०८०, शुक्रबार
ट्विटरले हटायो शुल्क नतिर्ने व्यक्ति र संस्थाहरूको खाताबाट प्रमाणीकरणको निलो चिन्ह

काठमाडौं ।

माइक्रो-ब्लगिङ साइट ट्विटरले सबै व्यक्ति र संस्थाहरूको खाताबाट लिगेसी प्रमाणीकरणको निलो चिन्ह हटाएको छ। अब ‘ट्विटर ब्लू’ सब्सक्रिप्शनको लागि भुक्तान गर्नेहरूले मात्र उनीहरूको प्रोफाइलमा प्रमाणिकरण ब्लू टिक मार्क पाउनेछन् । इलन मस्कले पहिले नै ब्लु टिकको सदस्यता नलिने सबैको खाताबाट ब्लू टिक हटाइने घोषणा गरिसकेका थिए।

ट्विटरले पनि ट्वीट गरेर ब्लु टिक हटाउने मिति २० अप्रिल रहेको बताएको थियो। अहिले ठूला स्टारदेखि राजनीतिज्ञसम्मको निलो टिक हराएको छ। यसमा विश्वभरका ठूला र चर्चित व्यक्तित्वका एकाउन्टबाट समेत ब्लू टिक हटाईएको छ।

नेपालमा प्रधानमन्त्रीको कार्यालयले चलाउँदै आएको प्रधानमन्त्रीको आधिकारिक ट्विटर एकाउन्टबाट ब्लूटिक हटेको छ। यस्तैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एकाउन्ट तथा शेरबहादुर देउवाको एकाउन्टबाट समेत निलो चेकमार्क हटेको छ।

यस्तै कान्तिपुर दैनिक, नागरिक दैनिक, सेतोपाटी लगायतका ठूला संचारमाध्यमको एकाउन्टबाट समेत ब्लू टिक हटेको छ।

नेपालमा मात्र नभई विश्वभर चर्चित व्यक्तित्वहरुको समेत एकाउन्टबाट शुल्क नतिरेको भन्दै ट्विटरले ब्लू चेकमार्क हटाएको छ।

प्रशिद्ध समाचार एजेन्सी रोयटर्स, एपीलगायतका संस्थाहरुको समेत ब्लूटिक हटेको छ।

यस्तै छिमेकी देश भारतमा कांग्रेस आईका नेता राहुल गान्धी उत्तर प्रदेशका सिएम आदित्य योगीनाथ क्रिकेटर बिराट कोहली सचिन तेन्दूलकर कलाकारहरु अमिताभ बच्चन सलमान खान लगायतको समेत ब्लू टिक उडेको छ।

यसका साथै चर्चित गायिका बियोन्से तथा प्रशिद्ध फुटबलर क्रिष्टियानो रोनाल्डोको समेत निलो टिका हटाएको छ।

 

प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...