विवादबीच ‘सकम्बरी’ लाई करोड ‘भ्यूज’

  • Technology Khabar | ८ बैशाख २०८०, शुक्रबार
विवादबीच ‘सकम्बरी’ लाई करोड ‘भ्यूज’

काठमाडौं ।

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले साता दिनमै युट्युबमा करोड ‘भ्यूज’ पाएको छ। सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोड बढी पटक हेरिएको हो।

‘सकम्बरी’ गत शुक्रबारदेखि नै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ।युट्युबमा गीत सुनेर/हेरेर १८ हजार बढीले प्रतिक्रिया दिएका छन् भने झन्डै चार लाखले ‘लाइक’ गरेका छन् ।

कलाकार बन्ने सपना बोकेर सहर छिरेकी ग्रामीण युवतीको कथा गीतमा छ। गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरेका छन्। गीतको सिर्जना र कला पक्षमाथि तर्क/प्रतितर्क भइरहेको छ । गीतको बचाउ र विरोध जारी छ।

विवाद र चर्चाबीच युट्युबमा भने गीतले आक्रामक भ्यूज बटुलिरहेको छ। युट्युबमा छिटो करोड भ्यूज पाउनेमध्येमा सकम्बरी परेको छ।

गीतको रचना र सङ्गीत पनि गायक सपुत आफैँले गरेका छन्। सपुतलाई गायिका व्रता गन्धर्वले स्वरमा साथ दिएकी छन्। गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन्।

प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार