उन्नत ब्याट्री प्रविधिमा १५ अर्ब डलर लगानी गर्ने दक्षिण कोरियाको घोषणा

  • Technology Khabar | ८ बैशाख २०८०, शुक्रबार
उन्नत ब्याट्री प्रविधिमा १५ अर्ब डलर लगानी गर्ने दक्षिण कोरियाको घोषणा

काठमाडौं ।

दक्षिण कोरियाली सरकार र यसका शीर्ष ब्याट्री कम्पनीहरूले सोलिड स्टेट ब्याट्रीहरू सहित उन्नत ब्याट्री प्रविधिहरू विकास गर्न २०३० सम्म संयुक्त रूपमा १५.१ बिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको उद्योग मन्त्रालयले बिहीबार बताएको रोयटर्सले उल्लेख गरेको छ।

‘संयुक्त लगानीले दक्षिण कोरियालाई अन्य भन्दा अगाडि सोलिड स्टेट ब्याट्रीको व्यावसायिक उत्पादन शुरु गर्न अनुमति दिनेछ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

दक्षिण कोरिया विश्वका पाँच ठूलो इलेक्ट्रिक सवारी (ईभी) ब्याट्री निर्माताहरु एलजी इनर्जी सोलुसन, सामसङ एसडीआई र एसकेको घर हो।

यी तीन कम्पनीले सामूहिक रुपमा विश्वव्यापी ईभी ब्याट्री बजारको एक चौथाई हिस्सा लिएका छन्। उनीहरुले टेस्ला, फक्सवागन, जीएम, फोर्ड लगायत प्रमुख ईभी निर्माता कम्पनीहरुलाई ब्याट्री आपर्ति गर्छन्।

मन्त्रालयले तीन ब्याट्री फर्महरूले दक्षिण कोरियामा पाइलट उत्पादन प्लान्टहरू निर्माण गर्ने बताएको छ। जसले उनीहरूको उत्पादन र इनोभेसन केन्द्रहरूको रूपमा काम गर्नेछ।

प्लान्टहरू उनीहरूको विदेशी उत्पादन साइटहरूबाट मास उत्पादन शुरु गर्नु अघि सोलिड स्टेट ब्याट्रीहरू, सिलिन्डिकल ४६८० सेल ब्याट्रीहरू र कोबाल्ट–फ्रि ब्याट्रीहरू लगायत उन्नत उत्पादनहरूको परीक्षण र निर्माण गर्न प्रयोग गरिनेछ।

ईभी ब्याट्री निर्माताहरू नयाँ ब्याट्री प्रविधिहरू विकास गर्न दौडमा छन्। जसले लामो ड्राइभिङ रेञ्ज, उच्च ऊर्जा घनत्व र परम्परागत लिथियम–आयन ब्याट्रीहरू भन्दा राम्रो सुरक्षाको प्रतिज्ञा गर्दछ।

प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार