टेस्लाले तेस्रो त्रैमासिकमा साइबरट्रक डेलिभरी गर्ने

  • Technology Khabar | ८ बैशाख २०८०, शुक्रबार
टेस्लाले तेस्रो त्रैमासिकमा साइबरट्रक डेलिभरी गर्ने

काठमाडौं ।

गत वर्ष टेस्लाको गीगी टेक्सस फ्याक्ट्रीको उद्घाटन समारोहमा सीईओ इलन मस्कले २०२३ मा साइबरट्रक बिक्री गर्ने बताएका छन्। अहिले मस्कले यसको प्रक्षेपणको लागि समय सीमा तोकेका छन्।

दभर्जका अनुसार मस्कले पछिल्लो टेस्ला लगानीकर्तालाई आय कलको दौरान आटोमेकरले वर्षकको तेस्रो त्रैमासिकमा साइबरट्रक डेलिभरीका लागि कार्यक्रम आयोजना गर्ने बताए। टेस्लाले यस समरदेखि साइबरट्रकको उत्पादन शुरु गर्नेछ। तर कम्पनीले पहिले बताए अनुसार ठूलो परिणामको उत्पादन भने २०२४ मा मात्र शुरु हुनेछ।

मस्कले कलको क्रममा लगानीकर्ताहरूलाई भने ‘उत्पादन लाइनमा जान समय लाग्छ, र यो वास्तवमै एक मौलिक उत्पादन हो। यो अन्य कारहरु जसरी बनाइएको हैन।’ उत्पादन भर्सन साइबरट्रक टेस्ला गत वर्ष स्टेजमा देखाइएको थियो। यसमा कुनै ढोका ह्यान्डलहरू थिएनन् र स्वचालित रूपमा मालिक नजिकै रहेको भन्न सक्छ र आफै ढोका खुल्छ। अटोमेकरले शुरुमा परिकल्पना गरेको जस्तै यो स्टेनलेस स्टीलबाट बनेको छ। यद्यपि, यो सामान्यतया उद्योगमा प्रयोग हुने स्टील भन्दा महँगो छ। दभर्जका अनुसार ईभीलार्ई विशेष वेल्डिङ प्रविधिहरू चाहिन्छ, र यसका साना कम्पोनेन्टहरू ईभी अनुकूल बनाइएका हुन्छन्।

साइबरट्रक सन् २०१९ मा पहिलो पटक घोषणा भएदेखि धेरै पटक ढिलाइ भएको छ।

प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार