
काठमाडौं ।
जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा क्यास व्याक अफर सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत बैशाख महिनाभर बीमा शुल्कको नविकरण ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५ प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासव्याक प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ।
प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ईसेवा, खल्ती, फोनपे, कनेक्ट आइ.पी.एस, आइएमई पे र प्रभु पेसंग सम्झौता गरेको छ। यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने जनाएको छ।
यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने बताए। आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहक महानुभावहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको कुरा समेत पराजुलीले बताए।
प्रकाशित: ७ बैशाख २०८०, बिहीबार