भारतमा स्मार्टफोनको ढुवानी २० प्रतिशतले घट्यो

  • Technology Khabar | ७ बैशाख २०८०, बिहीबार
भारतमा स्मार्टफोनको ढुवानी २० प्रतिशतले घट्यो

काठमाडौं ।

क्यानालिसले वर्षको कठिन सुरुवात भन्दै भारतीय स्मार्टफोन बजारको आफ्नो प्रतिवेदन जारी गरेको छ। एक वर्षको अवधिमा भारतमा ३० मिलियन स्मार्टफोन ढुवानी भएको छ। समग्र भारतीय स्मार्टफोन बजारले वार्षिक आधारमा २० प्रतिशत गिरावट देखेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

शीर्ष पाँच मध्ये चार कम्पनीको ढुवानीमा गिरावट आएको र ओप्पोको भने चमत्कारी रूपमा १८ प्रतिशत वृद्धि हासिल गरेको छ। साथै यसले निर्मातालाई भिभो र शाओमीलाई उछिनेर दोस्रो स्थानमा पुगेको छ।

क्यानालिसका विश्लेषक सन्यम चौरसियाले भारतीय बजारले सुस्त मागका कारण वर्षको प्रारम्भिकमा सङ्घर्षको सामना गरेको बताएका छन्। कम्पनीहरूले बद्लिदो उपभोक्ता व्यवहारसँग अनुकूलन गर्नको लागि भनेर आफ्नो रणनीतिहरू पुनः परिवर्तन गर्ने भएका छन्। तिनीहरूले बजारमा दीर्घकालीन स्थिति सुरक्षित गर्न खुद्रा, निर्माण, स्थानीय सोर्सिङ र आर एन्ड डी लाई अप्टिमाइज गर्ने भएका छन्।

प्रभावकारी च्यानल व्यवस्थापन भएका विक्रेताहरूले हिटलाई हल्का रूपमा लिएको र अफलाइन बजारमा राम्रो प्रदर्शन गर्ने कम्पनीहरूले क्यू१ अवधिमा स्थिरता देखाएको चौरसियाले बताएका छन्। ती मध्ये सामसङ एक भएको र कम्पनीले जनवरी र मार्च बीच गरेको ग्यालेक्सी ए र ग्यालेक्सी एसको लनचले गर्दा असरलाई नरम बनाउन मद्दत गरेको बताइएको। एप्पलले पनि अफलाइन ब्याटलमा सामेल हुने लक्ष्य राखेको उल्लेख गरिएको छ।

भारतमा सबैभन्दा लोकप्रिय रहेको मास–मार्केट सेगमेन्टले २०२३ मा सबैभन्दा धेरै चुनौतीहरूको सामना गर्ने अपेक्षा गरिएको छ। डिस्पोजेबल आम्दानी बिस्तारै बढ्दै जाँदा, प्रयोगकर्ताहरू मिडरेन्जरहरूमा खर्च गर्न बढी इच्छुक देखिएको र मध्य–स्तरीय प्रयोगकर्ताहरू भने बढी प्रिमियम डिभाइसहरू रुचाउने उल्लेख गरिएको छ।

प्रकाशित: ७ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...