
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो नौ महिनामा १८ अर्ब ६६ करोड ४३ लाख ३८ हजार रुपैयाँको स्मार्टफोन नेपाल भित्रिएको छ। भन्सार विभागको तथ्यांकका अनुसार चैत मसान्तसम्म १८ अर्ब ६६ करोड रुपैयाँ बराबरको १२ लाख ११ हजार ७८६ यूनिट स्मार्टफोन आयात भएको हो।
स्मार्टफोनको आयातबाट सरकारले ३ अर्ब ४८ करोड ३९ लाख ९ हजार रुपैयाँ राजश्व प्राप्त गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
फागुनमा १६ अर्ब ६० करोड २ लाख ७३ हजार रुपैयाँ बराबरको १० लाख ९४ हजार ८८९ यूनिट स्मार्टफोन आयात भएको थियो। चैतमा मात्र २ अर्ब ६ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको १ लाख १६ हजार ८९७ यूनिट स्मार्टफोन आयात भएको छ।
नेपालमा ६७ ओटा मुलुकबाट स्मार्टफोन आयात हुने गरेको छ।
सबैभन्दा धेरै स्मार्टफोन चीनबाट नेपाल भित्रिने गरेको छ। चीनबाट ११ अर्ब ५६ करोड ३० लाख ७ हजार रुपैयाँ बराबरको ८ लाख १६ हजार ८३६ स्मार्टफोन आयात भएको छ।
भारतबाट ५ अर्ब ६७ करोड ६३ लाख १३ हजार रुपैयाँ बराबरको ३ लाख ७७ हजार २३७ यूनिट स्मार्टफोन आयात भएको छ।
भियतनामबाट ८१ करोड २१ लाख ९५ हजार रुपैयाँ बराबरको ७ हजार स्मार्टफोन आयात भएको देखिन्छ।
प्रकाशित: ६ बैशाख २०८०, बुधबार