
काठमाडौं ।
पोलस्टारले सांघाई अटो शोमा आफ्नो कुप–शैलीको इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। साथै अपेक्षा गरेअनुसार धेरै पावर भएको पोलेस्टार ४ उक्त अटो शोमा हेड टर्नर रहन सफल भएको उल्लेख गरिएको छ। यस इलेक्ट्रिक एसयूभीमा एक सुन्दर बोल्ड डिजाइन विकल्प रहेको छ। यस इलेक्ट्रिक एसयूभीमा रियर विन्डो (पछाडिको झ्याल) नभएको हुनाले ड्राइभरको लागि पछाडिको दृश्य क्यामराबाट देखिन्छ। “नयाँ प्रकारको इमर्सिभ रियर ओक्युपेन्ट एक्सपिरियन्स” सिर्जना गर्नको लागि यस नयाँ ईभीमा रियर विन्डो समावेश नगरिएको भनी कम्पनीले नयाँ ईभीको लागि घोषणा पोस्टमा लेखेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
यो नयाँ ईभी कम्पनीको ठूलो पोलस्टार ३ पछिको दोस्रो एसयूभी भएको बताइएको छ। साथै पोलस्टार २ सेडानभन्दा ठूलो उक्त नयाँ ईभी यस वर्ष नै बिक्रीमा जाने उल्लेख गरिएको छ। ठुलो १०२ केडब्लुएच ब्याट्री समावेश गरिएको यस ईभीको तारगेटेड् रेन्ज (लक्षित दायरा) ३००–प्लस माइल रहेको बताइएको छ। यस नयाँ ईभीको अल–ह्वील र रियर–ह्वील ड्राइभ गरी दुबै संस्करणहरूको प्रारम्भिक मूल्य ६०,००० अमेरिकी डलर रहेको छ। साथै यस वर्षको अन्त्यमा चीनमा बिक्री सुरु हुने यस नयाँ ईभी २०२४ मा उत्तरी अमेरिकामा पनि लन्च गरिने बताइएको छ।
डिजाइनको सन्दर्भमा नयाँ पोलस्टार ४ (एसयूभी को लागि) स्लिक र स्पोर्टी डिजाइनका साथै सब्टल बडी प्यानल क्रिजहरू र हल्का बल्जिङ फेन्डरहरू पनि रहेको उल्लेख गरिएको छ। पछाडिको झ्याल ( रियर विन्डो) को अभाव एक अनौठो निर्णय भएको र यसले भित्री भागलाई अलि… (स्टफि) भरिएको महसुस गराउने उल्लेख गरिएको छ। यस नयाँ ईभीमा वैकल्पिक इलेक्ट्रोक्रोमिक कार्यक्षमताको साथ एक स्ठ्यानडर्ड फूल–लेन्थ ग्लास रुफ रहेको र यसले अपारदर्शी वा पारदर्शी प्रयोगको लागि अनुमति दिने उल्लेख गरिएको छ।
अगाडिको हाई–डेफिनिसन स्क्रिनले पछाडिको क्यामेराबाट दृश्य देखाउने बताइएको छ। यसले “अन्य कारहरूमा अनुभव गरिने भन्दा धेरै फराकिलो क्षेत्रको दृश्य” को लागी अनुमति दिने पोलस्टारले दाबी गरेको बताइएको छ। यदि स्क्रिन वा क्यामेराले काम नगरेको खण्डमा भने ड्राइभरहरूले पछाडि केही पनि नदेख्ने हुनाले त्यसको लागि कम्पनीसँग केहि प्रकारको ब्याकअप प्रणाली रहेको आशा गरिएको छ।
प्रकाशित: ६ बैशाख २०८०, बुधबार