चीन अटो शोमा फक्सवागनको लक्जरी इलेक्ट्रिक सेडान सार्वजनिक

  • Technology Khabar | ६ बैशाख २०८०, बुधबार
चीन अटो शोमा फक्सवागनको लक्जरी इलेक्ट्रिक सेडान सार्वजनिक

काठमाडौं ।

फक्सवागनले चीन अटो शोमा लक्जरी इलेक्ट्रिक सेडान सार्वजनिक गरेको छ। फक्सवागनले विश्वको ठूलो अटो शोमा मंगलबार ६९६ किलोमिटर रेञ्ज प्रदान गर्ने लक्जरी इलेक्ट्रिक सेडान सार्वजनिक गरेको एपीन्यूजले उल्लेख गरेको छ।

फक्सवागन आईडीडट७ सेडानमा २१० किलोवाटको शक्तिशाली मोटर दिइएको छ। इलेक्ट्रिक सेडानमा ८६ किलोवाट आवरको लिथियम आयन ब्याट्री दिइएको छ।

फक्सवागन आईडीडट७ सेडान २०२३ को अन्त्यमा यूरोप र चीनमा बिक्रीका लागि उपलब्ध हुने सम्भवना छ।

सत्तारुढ कम्युनिष्ट पार्टीले प्रविधिको प्रवर्द्धनमा अर्बौं डलर खर्च गरेसँगै अटो सांघाई २०२३ ले चीनमा द्रुत वृद्धि भइरहेको ईभीमा तीव्र प्रतिस्पर्धालाई झल्काउँछ। गत वर्ष विश्वव्यापी विद्युतीय बिक्रीको दुई तिहाइ हिस्सा चीनको थियो।

प्रकाशित: ६ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार