एप्पलले भारतमा खोल्यो आफ्नो पहिलो आधिकारिक स्टोर

  • Technology Khabar | ५ बैशाख २०८०, मंगलवार
एप्पलले भारतमा खोल्यो आफ्नो पहिलो आधिकारिक स्टोर

काठमाडौं ।

छिमेकी भारतमा एप्पलले आफ्नो पहिलो आधिकारिक स्टोर संचालनमा ल्याएको छ। एप्पल बिकेसीको ढोका खोलेर सीईओ टिम कुकले मानिसहरूलाई स्वागत गरे।

एप्पलको यो कार्यक्रममा धेरै ठूला स्टार र सेलिब्रेटीहरु पनि सहभागी भएका भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

यस क्रममा धेरैले एप्पलका सीईओ टिम कुकसँग सेल्फी खिचे। यसका साथै उनी धेरै मानिसहरुसँग अन्तरक्रियामा पनि देखिएका थिए। उद्घाटन समारोहमा कर्मचारीमा पनि निकै उत्साह देखिएको थियो। यो एप्पल स्टोर कुल २० हजार स्क्वायर फिटमा बनाइएको छ। यो ऊर्जा कुशल स्टोर हो र नवीकरणीय ऊर्जामा चल्नेछ। यो स्टोर भारतको मुम्बईस्थित बान्द्रा कुर्ला कम्प्लेक्समा बनाइएको हो।

एप्पलले भारतमा आफ्नो २५ वर्ष पूरा गरेको अवस्थामा भारतमा एप्पलको स्टोर खुलेको हो। मुम्बईपछि अब दोस्रो एप्पल स्टोर दिल्लीको साकेतमा खुल्नेछ। एप्पलले भारतको लागि विशेष इको सिस्टम विकास गरिरहेको बताएको छ।

यो एप्पल स्टोरमा गएर मानिसहरूले एप्पलका सबै उत्पादनहरू हेर्न सक्नेछन् र खरिद गर्नुअघि उनीहरूको अनुभव पनि लिन सक्नेछन्। यहाँ ग्राहकहरुले भारतमा आगामी लन्चहरूको सम्पूर्ण दायरा एकै ठाउँमा पाउने बताईएको छ।

यसै कार्यक्रमको लागि एप्पलका सीईओ कुक सोमबार नै भारत आईपुगेका थिए।

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार