
काठमाडौं ।
भारतीय ई-स्कुटर निर्माता एथर इनर्जीले एथर ४५०एक्स इलेक्ट्रिक स्कुटरलाई भारु १ लाख भन्दा कम मूल्यको थप किफायती भेरियन्टमा प्रस्तुत गर्दै जनताका लागि थप पहुँचयोग्य बनाउने भएको छ।
यस इन्ट्री–लेभल मोडलको र यसको प्रिमियम संस्करणमा उही इलेक्ट्रिक मोटर र ब्याट्री प्याक समावेश गरिएको छ भने केही उन्नत फिचर्सहरू जस्तै फास्ट चार्जिङ, राईडिङ मोडस्, र कनेक्टेड टेक्नोलोजीहरू राखिएको बताइएको छ। कम्पनीले यस भेरियन्टलाई प्रस्तुत गरेसँगै एथर ४५० प्लसको उत्पादन भने बन्द हुने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
एथर ४५०एक्सको बेस भेरियन्ट भारु ९८,०७९ (एक्स–शोरूम, फेम र स्टेट सब्सिडी पछि) को मूल्य ट्यागको साथ आउने र प्रो प्याक प्रयोग गरी थप फिचरहरूको साथ अपग्रेड गर्न सकिने बताइएको छ। साथै उक्त अपग्रेड गर्नको लागि थप ३०,३६४ भारतिय रुपैयाँ लागत लाग्ने उल्लेख छ।
प्रो प्याकले सुसज्जित एथर ४५०एक्सको ब्याट्री प्याकमा ५–वर्ष/६०,००० किमी वारेन्टीको रहेको र त्यसैगरी बेस भेरियन्टमा ३–वर्ष/३०,००० किमी वारेन्टी पाइने उल्लेख छ। साथै उक्त दुवै भेरियन्टहरुमा भेहिकल र चार्जरमा ३ वर्ष/३०,००० किलोमिटरको वारेन्टी रहेको छ। एथर ४५०एक्स ट्रु रेड, कस्मिक ब्ल्याक, स्पेस ग्रे, लुनर ग्रे, साल्ट ग्रीन र स्टिल व्हाइट गरी ६ ओटा भिन्न रङ्गहरुको विकल्पमा उपलब्ध भएको बताइएको छ।
मेकानिकल रूपमा, एथर ४५०एक्स बेस भेरियन्ट लगभग प्रिमियम संस्करणसँग समान रहेको र यसमा ६.२ किलोवाट मोटर र ३.७ केडब्ल्यूएच ब्याट्री प्याक रहेको बताइएको छ। यस इलेक्ट्रिक स्कुटरले १४३ किमी रेन्ज प्रदान गर्ने दावी गरेको छ भने ९० किमी प्रतिघण्टाको उच्च गति (टप स्पिड) प्रदान गर्नेछ। यद्यपि, बेस भेरियन्टले फास्ट चार्जिङ समर्थन नर्गने र ब्याट्रीलाई पूर्ण रूपमा चार्ज गर्न १५ घण्टा २० मिनेटसम्म लाग्न सक्ने बताइएको छ।
इन्ट्री–लेभल मोडलमा राईड मोडस्, पार्क असिस्ट, हिल–होल्ड असिस्ट, ब्लुटुथ कनेक्टिभिटी, जीपीएस नेभिगेसन, लाइभ ट्र्याकिङ र ओटीए अपडेटहरू पनि समावेश नगरिएको बताइएको छ।
प्रो प्याकको साथ एथर ४५०एक्सले यी सबै फिचर्सहरू प्राप्त गर्ने बताइएको छ। साथै यसले केवल ५ घण्टा र ४० मिनेटको समयमा फास्ट चार्जिङ गर्नेछ। प्रो प्याकको साथमा एथर ४५०एक्सले अन्य वारेन्टीहरूका अतिरिक्त ब्याट्रीमा ५–वर्ष/६०,००० किमी वारेन्टी पनि पाउने बताइएको छ। साथै प्रो प्याकको खरिद ऐच्छिक रहेको र यसको खरिदको लागि अतिरिक्त लागत लाग्ने बताइएको छ।
प्रकाशित: ५ बैशाख २०८०, मंगलवार