‘एङ्ग्री बर्ड्स’ निर्माता रोभियोलाई ७०६ मिलियन युरोमा सेगाले किन्ने

  • Technology Khabar | ४ बैशाख २०८०, सोमबार
‘एङ्ग्री बर्ड्स’ निर्माता रोभियोलाई ७०६ मिलियन युरोमा सेगाले किन्ने

काठमाडौं ।

‘एङ्ग्री बर्ड्स’ गेमको निर्माता रोभियोलाई सेगाले नगद भुक्तानी गरेर किन्ने भएको छ।

भिडियो र मनोरन्जन बहुराष्ट्रिय कम्पनी सेगाले ‘एङ्ग्री बर्ड्स’ गेमको निर्माता रोभियोका लागि ७०६ मिलियन युरो नगद प्रस्ताव गरेको हो।

रोभियोले मोबाइल गेम विशेषज्ञ प्लेटिकासँग मर्जर वार्ता समाप्त गरेपछि यो खबर आएको हो।

रोभियोको सञ्चालक समितिले नयाँ प्रस्तावलाई सिफारिस गर्न सर्वसम्मतिले सहमति जनाएको छ र रोभियोका ४९ दशमलव १ प्रतिशत शेयर र भोट भएकाले पनि स्वीकार गर्न सहमत भएका छन्।

प्रकाशित: ४ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार