सानो कभर डिस्प्ले भएको मोटोरोला रेजर २०२३ रेन्डरमा देखियो

Technology Khabar ४ बैशाख २०८०, सोमबार

काठमाडौं ।

मोटोरोलाले रेजर २०२३(भेनिला अप्सनमा) र रेजर प्लस २०२३(सिरिजको फ्ल्यागसिप) गरेर यस वर्ष दुईवटा क्लामशेल फोल्डेबलहरू लन्च गर्ने अपेक्षा गरिएको छ।

मोटोरोला रेजर २०२३ रेन्डरहरूमा देखा परेको र यसको डिजाइनमा पुरानो ग्यालेक्सी जेड फ्लिप डिभाइसहरूको जस्तो क्यामराको छेउमा सानो कभर स्क्रिन रहेको उल्लेख गरिएको छ।

रेजर २०२३ लाई रेजर लाइट भनेर नामाकरण गरिने अपेक्षा गरिएको छ। रेजर २०२३ मा वरिपरि पातलो बेजेलहरू भएको फोल्डेबल प्यानल मुनि क्यामेराको लागि पंच होल रहेको बताइएको छ। साथै टप राइट–ह्याण्ड साइडमा भोल्युम रकर्स र पावर कि पनि रहेको उल्लेख छ।

मोटो रेजर २०२२ मा यसको डुअल क्यामेराहरू तेर्सो रूपमा ठूलो २.७” स्क्रिन माथि राखिएको थियो। तर अब शूटरहरूसँग तिनीहरूको छेउमा सानो स्लिभर स्क्रिन हुने बताइएको छ।

साथै यसअघि मोटोरोलाबाट यस्तो प्रकारको डिजाइनमा सानो स्क्रिन समावेश गरेको नदेखिएको उल्लेख गरिएको छ। यो केही (नोटिफिकेसन) सूचनाहरू भिज्योलाइज गर्न उपयोगी हुने तर सामसङ फोल्डेबलहरुसँग स्थापना गरिएको हुनाले – अझै पनि (नोटिफिकेसन) सूचनासँग अन्तरक्रिया गर्न फोन खोल्नु पर्ने आवश्यक रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: ४ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया