सरकारको राजश्व सम्बन्धि सिस्टमको सर्भर डाउन हुँदा ट्राफिक जरिवाना भुक्तानी ठप्प
Technology Khabar | ४ बैशाख २०८०, सोमबार
Loading...
Shares
काठमाडौं ।
सरकारी अनलाइन सिस्टम नचल्दा ट्राफिक प्रहरीको जरिवाना भुक्तानी प्रभावित भएको छ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय ,रामशाहपथले सार्वजनिक सूचना जारी गर्दै ट्राफिक जरिवाना भुक्तानी हुन नसकेको जनाएको छ।
ट्राफिक प्रहरीले आज नेपाल सरकारको सम्पुर्ण राजश्व सम्बन्धि ‘रेभेन्यू म्यानेजमेन्ट सिस्टम’को सर्भर डाउन भएको भन्दै जरिवाना भुक्तानीमा अवरोध भएको जानकारी दिएको हो।
यसले सेवाग्राहिलाई पर्न गएको असुविधा प्रति काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय क्षमा प्रार्थि छ।