
काठमाडौं ।
एप्पलको आगामी १५ इन्चको म्याकबुक एयरमा कम्पनीको हालको एम २ चिपका साथै “अन पार” प्रोसेसर फिचर गरिने बताइएको छ।
ब्लूमबर्गका अनुसार, एप्पलले हालै तेस्रो पक्ष एप स्टोर एपहरूसँग यसको अनुकूलता सुनिश्चित गर्न ल्यापटपको परीक्षण गर्न थालेको बताइएको छ। साथै कम्पनीले उक्त परीक्षण पश्चात नयाँ डिभाइस रिलीज गर्ने गरेको इनग्याजेटले उल्लेख गरेको छ।
आउटलेटसँग सेयर गरिएका डेभलपर लगहरूले उक्त मेसिन एट–कोर सीपीयू र १०–कोर जीपीयूका साथै ८जीबी र्याम सहितको चिपसेटसँग कन्फिगर गरिएको देखाएको बताइएको छ। उक्त ती स्पेक्सहरूले लगहरूमा “म्याक १५,३“ भनिएको १५–इन्च म्याकबुक एयरलाई एप्पलको अर्को पुस्ताको चिपको सट्टामा एम२ चिपसेटको साथ ढुवानी गरिने सुझाव दिएको छ।
त्यसैगरी विगतका रिपोर्टहरूले पनि सोही प्रकारको सुझावहरु दिएका थिए। “एम३ चिपको रिलीज पछि म्याकमा ठूला परिवर्तनहरू आउनेछन्,” ब्लूमबर्गका मार्क गुरम्यानले उल्लेख गरे। उक्त नयाँ मेसिनले म्याकओएस १४ चलाइरहेको देखिएको र त्यसलाई एप्पलले डब्लूडब्लूडीसी २०२३ मा घोषणा गर्ने अपेक्षा गरिएको उल्लेख गरिएको छ।
१५–इन्च म्याकबुक एयरमा पनि १४–इन्च म्याकबुक प्राको जस्तै “समान” डिस्प्ले रिजोल्युसन फिचर गरिएको लगहरूले बताएको छ। यसको अर्थ नयाँ म्याकबुक एयरमा लेस डेन्स डिस्प्ले फिचर गरिने थप उल्लेख छ। साथै एप्पलले नयाँ ल्यापटप कहिले जारी गर्ने योजना बनाएको छ भन्ने बारेमा अस्पष्टता रहेको बताइएको छ।
कम्पनीले डब्लूडब्लूडीसी २०२२ मा एम२ म्याकबुक एयर को घोषणा गरेको थियो। गुरमानले पहिले रिपोर्ट गरे अनुसार १५–इन्च म्याकबुक एयर वसन्तको अन्त र यस गर्मीको बीचमा आउने उल्लेख गरिएको छ।
प्रकाशित: ४ बैशाख २०८०, सोमबार