वैदेशिक हुलाक वस्तु दर्ता सेवा अब ६ जिल्लामा बिस्तार

  • Technology Khabar | ३ बैशाख २०८०, आईतवार
वैदेशिक हुलाक वस्तु दर्ता सेवा अब ६ जिल्लामा बिस्तार

काठमाडौं ।

हालसम्म काठमाण्डौमा मात्र सीमित रहेको वैदेशिक हुलाक वस्तु अर्थात एक्सप्रेस मेल सर्भिस र पार्सल (EMS and Parcel) दर्ता गर्ने कार्य भन्सार कार्यालय रहेका काठमाडौं बाहिरका ६ स्थानहरुमा बिस्तार गरिएको छ।

हुलाक विभागले चन्द्रगढी, बिराटनगर, नेपालगञ्ज, भैरहवा, धनगढी र वीरगञ्जबाट बैशाख ३ गतेदेखि सेवा प्रारम्भ भएको जानकारी दिएको छ।

पोखरामा समेत भन्सार कार्यालय स्थापना हुनासाथ सो सेवा शुरुवात गर्ने तयारी छ।

प्रकाशित: ३ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार