
काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम हतारमा निजी कम्पनीलाई ठेक्का दिने काम गलत भएको बताएका छन्।
प्रतिनिधिसभा बैठकको आकश्मिक समयमा आज उनले सो कुरा बताएका हुन्। पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको चर्चा गर्दै उनले सो काम स्वीकार्य नभएको बताए।
अध्यक्ष केसीले मापदण्ड भन्दा घटाएर सात दिनको बोलपत्र आह्वान गरेर सो ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानुनी रुपमा पनि अक्षम्य रहेको बताए। उनले भने, “राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले नै स्वतन्त्र निकाय बनाउने पहल भइरहेका बेला हतार–हतार निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक छ।”
एकातिर नागरिकका व्यक्तिगत तथा जैविक तथ्याङ्कमा विदेशी कम्पनी र तिनका एजेन्टले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने काम अस्वीकार्य भएको उनको भनाइ छ।
प्रकाशित: ३ बैशाख २०८०, आईतवार