वानप्लसको नयाँ टिभी ‘४० वाई१एस’ भारतमा बिक्री शुरु

Technology Khabar ३ बैशाख २०८०, आईतवार

काठमाडौं ।

वानप्लसले हालै वनप्लस टिभी ४० वाई१एस भारतमा अनावरण गरेको छ। यो नयाँ टिभी भारतमा उपलब्ध वानप्लस टिभी वाई१एस सिरिजको ४० इन्च भेरियन्ट भएको बताइएको छ। यो टिभी अन्ततः भारतमा खरिदका लागि उपलब्ध भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

भारतमा वानप्लस टिभी ४० वाई१एसको मूल्य २१,९९९ भारतिय रुपैयाँबाट सुरु हुने बताइएको छ। यो टिभी भारतमा वनप्लस डट कम, अमेजन, फ्लिपकार्ट र प्रमुख अफलाइन साझेदार स्टोरहरू मार्फत खरिद गर्न सकिने बताइएको छ। यसबाहेक, आईसीआईसीआई बैंकका ग्राहकहरूले नवीनतम वानप्लस टिभी खरिद गर्दा आईसीआईसीआई बैंक डेबिट कार्ड, ईएमआई र नेट बैंकिङमा तत्काल रु १५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

वानप्लस टिभी ४० वाई१एसमा फुल एचडी १९२०ह१०८० पिक्सेल रिजोल्युसन, एचडीडी १०, एचडीआर१०प्लस र एचएलजी फम्र्याट समर्थन सहितको ४० इन्चको डिस्प्ले रहेको छ। स्क्रिनको किनारा वरिपरि पातलो बेजेलहरू रहेको र तलको भागमा भने वानप्लस लोगो र बाक्लो बेजेलहरू रहेको उल्लेख गरिएको छ। गामा इन्जिनले डिस्प्ले (क्वालिटि) गुणस्तरलाई अप्टिमाइज गर्नूका साथै अल्ट्रा–क्लियर कन्टेन्टको लागि पिक्चरलाई ट्युन गर्ने बताइएको छ।

हुड अन्तर्गत, स्मार्ट टिभी माली जी३२ एमपी२ जीपीयू , १जीबी र्याम र ८जीबी इन्टर्नल स्टोरेज (आन्तरिक भण्डारण) सँग मिडियाटेक एमटी ९२१६ क्वाड–कोर प्रोसेसरद्वारा संचालित रहेको बताइएको छ। यो टिभी अक्सिजनप्ले २.० सँग एन्ड्रोइड टिभी ११ मा चल्ने भएकाले यसले क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूबाट सामग्रीको विस्तृत दायरामा पहुँच प्रदान गर्ने बताइएको छ। त्यसैगरी प्रयोगकर्ताहरूले आफ्नो स्मार्टफोनलाई वानप्लस कनेक्ट २.० मार्फत टिभीमा जडान गर्न सक्नेछन्।

कनेक्टिभिटीको सन्दर्भमा, टिभीमा डुअल–ब्यान्ड वाइफाइ, डाटा सेभर, बिल्ट–इन क्रोमकास्ट, मिराकास्ट, दुईवटा एचडीएमआई २.० पोर्ट, दुईवटा यूएसबी टाइप–सी पोर्ट, आरजे४५ कनेक्टर पोर्ट र ब्लुटुथ भी५.० सपोर्ट रहेको छ। साथै रिमोट कन्ट्रोलमा नेटफ्लिक्स, प्राइम भिडियो र गुगल असिस्टेन्टको द्रुत पहुँचका लागि हटकीजहरू समावेश गरिएको बताइएको छ। थप रूपमा, टिभीमा २०डब्ल्यू स्टेरियो स्पिकर सेटअप फिचर गरिएको र त्यसले डल्बी अडियोलाई समर्थन गर्ने उल्लेख गरिएको छ।

प्रकाशित: ३ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया