भारतमा तेस्रो अपरेटर भोडाफोन-आइडियाले छिटै फाइभजी सेवा शुरु गर्ने

Technology Khabar ३ बैशाख २०८०, आईतवार

काठमाडौं ।

छिमेकी भारतमा फाइभजीको सुरुवात पछि, एयरटेल र जियोको ५जी लन्च मिति लगभग तुरुन्तै सार्वजनिक भयो। त्यसको केही समयपछि दुवै कम्पनीले फाइभजी रोलआउट पनि सुरु गरे र अहिले जियो र एयरटेलको फाइभजी सेवाहरू भारतका धेरै शहर र राज्यहरूमा उपलब्ध छन्।

तर, अर्को प्रतिस्पर्धी टेलिकम अपरेटर भीआईको फाइभजी सेवाको कुनै जानकारी आएको थिएन। कहिले कम्पनीले ५जी लन्चिङ मिति प्रकट गर्नेछ भन्नेमा भीआई प्रयोगकर्ताहरू केवल पर्खिरहेका थिए। कम्पनी अन्ततः भारतमा ५जी सेवाहरू सुरु गर्ने तयारीमा रहेको समाचार भारतीय मिडियाले उल्लेख गरेको छ।

आदित्य बिर्ला समूहका अध्यक्ष कुमार मंगलम बिर्लाले भारतीय मिडिया सीएनबीसी-टिभी १८ लाई दिएको एक अन्तर्वार्तामा, उनले भोडाफोन-आईडियाले चाँडै नै ५जी सेवाहरू सुरू गर्ने योजना बनाएको कुरा पुष्टि गरे।यो घोषणा यस्तो समयमा आएको हो जब भोडाफोन-आइडियाले आफ्ना ग्राहकहरू तीव्र गतिमा गुमाइरहेको थियो।

भारतको दूरसञ्चार उद्योगमा दुई ठूला दिग्गजहरू मात्र बाँकी रहने देखिन्छ, एउटा एयरटेल र अर्को जियो। यस्तो भयो भने पनि बजारका लागि राम्रो हुने छैन किनभने हरेक बजारमा स्वस्थ प्रतिस्पर्धा आवश्यक हुन्छ।

भोडाफोन आईडीयाले आफ्नो आगामी ५जी सेवाको लागि मोटोरोला र शाओमी स्मार्टफोन कम्पनीहरूसँग सहकार्य गरेको छ। हाल, भोडाफोन-आइडिया एकमात्र टेलिकम कम्पनी हो जसले भारतमा ५जी सेवाहरू सुरु गरेको छैन। यद्यपि, बिरलाले भोडाफोन-आइडियाले छिट्टै भारतमा  सेवा सुरु गर्ने कुरा पुष्टि गरे पनि कुनै मिति भने दिएका छैनन्।

अर्कोतर्फ, दुबै एयरटेल र जियो कम्पनीहरूले ५जी रोलआउट कडाईका साथ गरिरहेका छन्। यसबिचमा अप्रिल २०२१ देखि भोडाफोन आइडियाले ४२.४ मिलियन भन्दा बढी ग्राहक गुमाएको मिडियाहरुले उल्लेख गरेका छन्।

प्रकाशित: ३ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया