इलन मस्कले गोप्य रूपमा स्थापना गरे नयाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी

Technology Khabar ३ बैशाख २०८०, आईतवार

काठमाडौं ।

इलन मस्क ट्विटरको नयाँ मालिक बनेका छन् तर अब अर्को कम्पनीको निर्देशक बन्ने खबर बाहिर आएको छ। शुक्रबार खुलासा गरिएको व्यापारिक दस्तावेजका अनुसार मस्कले अमेरिकी राज्य नेभाडामा रहेको एक्सएआई आर्टिफिसियल इन्टेलिजेन्स कर्पोरेशन गठन गरेका छन्।

मस्कले हजारौं शक्तिशाली प्रोसेसरहरू किनेका थिए र एक राज्य व्यापार फाइलिङले संकेत गरेअनुसार मस्क एक्स.एआई (X.AI) कर्पोरेशनको निर्देशकको रूपमा सूचीबद्ध छन्, जुन मार्च ९ मा स्थापित भएको थियो।

मस्कले भर्खरै ट्विटरलाई नयाँ सिर्जना गरिएको “एक्स” शेल कम्पनीसँग मर्ज गरे। कम्पनी एक्स.एआई कर्पोरेशनलाई च्याटजीपीटी निर्माता ओपनएआईको प्रतिद्वन्द्वीको रूपमा हेरिएको छ। एक आन्तरिक रिपोर्टका अनुसार, मस्कले हजारौं शक्तिशाली, महँगो कम्प्युटिङ प्रोसेसरहरू किनेका छन् र ट्विटरमा एआई प्रोजेक्टको भागको रूपमा इन्जिनियरिङ प्रतिभालाई काममा लिएका छन्।

यद्यपि, मस्कले आफ्नो तर्फबाट अहिलेसम्म कुनै कुराको पुष्टि गरेका छैनन्।

एक्स.एआईको स्थापना धेरै हप्ता अघिको हो जब मस्कले खुला पत्रमा हस्ताक्षर गर्न एआईको विकासमा विशेषज्ञहरूलाई संलग्न गराए। खुला पत्र, मस्कको फण्ड भएको फ्यूचर अफ लाइफ इन्स्टिच्युटको वेबसाइटमा प्रकाशित छ र शक्तिशाली एआई प्रणालीको विकासमा ६ महिना रोक्न गर्न आग्रह गर्दछ।

यसमा, अर्बपति टेस्ला प्रमुख र अन्य दिग्गजहरूले लेखेका छन्, “मानव-प्रतिस्पर्धी बुद्धिमत्ता भएको एआई प्रणालीले समाज र मानवताको लागि गहिरो जोखिम निम्त्याउन सक्छ।” हस्ताक्षरकर्ताहरूले नियमनलाई बलियो बनाउन र प्रणालीलाई सुरक्षित राख्नको लागि यो समयावधि प्रयोग गर्नुपर्ने तर्क गरे।

प्रकाशित: ३ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया