नयाँ वर्षमा आइएमई पेले ल्यायो “आइएमई पेसँग २०८० १००% खुशी” अफर

  • Technology Khabar | १ बैशाख २०८०, शुक्रबार
नयाँ वर्षमा आइएमई पेले ल्यायो “आइएमई पेसँग २०८० १००% खुशी” अफर

काठमाडौं ।

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे ले नयाँ वर्ष २०८० लाई स्वागत गर्दै “आइएमई पेसँग २०८०, १००% खुशी” नामक अफर सार्वजनिक गरेको छ।

२०८० बैशाख १ देखि ३१ गते सम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुबिधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १००५ क्यासब्याक प्राप्त गर्नेछन्।

सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आइएमई पे मार्फत भिसा कार्ड, पि टु पि, क्यु आर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ। ग्राहकवर्गलाई आइएमई पेबाट सजिलै विद्युतिय भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ यो अफर सञ्चालन गरिएको जनाएको छ।

प्रकाशित: १ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार