
काठमाडौं ।
क्यास एपका संस्थापक बब लीको सान फ्रान्सिस्कोमा छुरा प्रहार गरेको आरोपमा प्रहरीले आफूलाई टेक उद्यमी दाबी गर्ने एकलाई पक्राउ गरेको छ।
संदिग्ध व्यक्ति क्यालिफोर्नियाको एमरीभिल निवासी ३८ वर्षीया निमा मोमेनी हुन्। ली र मोमेनी एक अर्कामा परिचित रहेको पुलिसले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
लिंक्डइन प्रोफाइल अनुसार मोमेनीको टेक्नोलोजी सल्लाहकार र स्टार्ट–अप मालिक हुन्।
प्रहरीले ४३ वर्षीय लीलाई अप्रिल ४ मा सान फ्रान्सिस्कोको शहरको केन्द्र नजिकै छुरा प्रहार गरेको अवस्थामा बेहोस अवस्थामा फेला पारेको थियो।
उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो।
बिहीबार एक पत्रकार सम्मेलनमा सान फ्रान्सिस्को प्रहरी विभागका प्रमुख विलियम स्कटले मोमेनीलाई पक्राउ गरेको घोषणा गरे।
स्कटले भनेअनुसार मोमेनीलाई हत्याको आरोप लगाइएको छ र हाल उनी सान फ्रान्सिस्को काउन्टी जेलमा हिरासतमा छन्।
उनले ली र संदिग्ध व्यक्तिले एकअर्कालाई कसरी चिन्छन् भन्ने बारे विस्तृत जानकारी दिएनन्।
२०११ मा मोमेनीलाई स्वीचब्लेड बोक्ने अपराधको अभियोग लगाइएको आपराधिक रेकर्डमा देखिएको थियो। तर उनले माफीका लागि निवेदन दर्ता गरेपछि मुद्दा खारेज भएको थियो।
मोमेनीको लिंक्डइनमा आफू एक्स्प्यान्ड आईटी इन्क नामक कम्पनीको मालिक भएको बताएका छन्।
प्रकाशित: १ बैशाख २०८०, शुक्रबार