
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को फागुनमा क्यूआरबाट २० अर्ब ७७ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ।
नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मका लागि सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा क्यूआरबाट २० अर्ब ७७ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको देखिएको हो।
फागुनमा क्यूआरबाट ६७ लाख ५० हजार ५८२ पटक कारोबार भएको छ।
चालु आवको माघमा १७ अर्ब ७६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
माघको तुलनामा फागुनमा क्यूआरबाट हुने भुक्तानी ३ अर्ब १ करोड १० लाख रुपैयाँले बढेको देखिन्छ।
प्रकाशित: ३० चैत्र २०७९, बिहीबार