माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा शुरु

  • Technology Khabar | २९ चैत्र २०७९, बुधबार
माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा शुरु

काठमाडौं ।

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ।

यो सेवा सुचारु भएसंगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आवद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

रेमिट्याप वालेट मार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन्।

इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनन्सियल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फर्स्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुन्छ।

प्रकाशित: २९ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...