Technology Khabar २९ चैत्र २०७९, बुधबार
काठमाडौं ।
आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा ठोस–स्टेट बटनहरू समावेश नगरिने सम्भावना रहेको विश्लेषक मिंग–ची कुओले आफ्नो पछिल्लो रिपोर्टमा उजागर गरेका छन्। “समाधान नगरिएका प्राविधिक समस्याहरू”(अनरिसल्भड् टेक्निकल इस्युज)ले गर्दा प्रिमियम आईफोन १५ मोडलहरू नियमित फिजीकल बटनहरू समावेश गरि लन्च गर्नुपर्ने सम्भावना रहेको भनी जीएसएमएरिनामा उल्लेख गरिएको छ।
आईफोन १५ प्रो सिरिजको भोल्युम रकर र अलर्ट स्लाइडर क्लासिक क्लिक गर्न मिल्ने बटनबाट अगाडि बढ्नेछ भनी अफवाह मिलले सुझाव दिइरहेको बताइएको छ। तिनीहरूको सट्टामा पुरानो आईफोनहरूमा रहेका होम बटन जस्तै क्यापेसिटिव टच हुनु पर्ने भनी थप बताइएको छ।
यस्तो कदमले आपूर्तिकर्ताहरूलाई चोट पुर्याउन सक्ने बताइएको छ। सबैभन्दा उल्लेखनीय रूपमा सिरस लजीकले नयाँ बटनहरूको लागि समर्पित माइक्रोप्रोसेसर निर्माण गर्ने अपेक्षा गरिएको थियो। साथै अर्को ट्याप्टिक इन्जिनको आपूर्तिकर्ता एएसी टेक्नोलोजी भएको उललेख गरिएको छ। त्यसैगरी अर्को आपूर्तिकर्ता लक्ससेयर आईसीटी, सम्भवतः एक ठूलो अपरेटिङ स्केलको कारण कम प्रभावित हुनेछ, भनी कुओले मेमोमा लेखको उल्लेख गरिएको छ।
उत्पादनहरू अझै पनि ईभीटी विकास चरणमा रहेको (आन्तरिक प्रमाणीकरण र परीक्षण अवधि) बताइएको छ। यसको मतलब निर्णय फिर्ता हुन सक्ने सम्भावना पनि रहेकोले गर्दा पछि गएर नयाँ प्रविधि पनि समावेश गरिएको देख्न सकिने बताइएको छ। यदि त्यस्तो नभएको खण्डमा भने एप्पलले फेरि एक पटक नियमित बटनहरूनै समावेश गर्ने निर्णय गर्न सक्ने र यसले गर्दा ठूलो उत्पादनमा सीमित प्रभाव पर्ने बताइएको छ। साथै नयाँ आईफोन प्रो मोडेलहरू तालिका अनुसार नै आइपुग्ने छन् भनी बताइएको छ।
प्रकाशित: २९ चैत्र २०७९, बुधबार