Technology Khabar २९ चैत्र २०७९, बुधबार
काठमाडौं ।
दराजले नयाँ वर्षको अवसरमा ‘नव वर्ष उत्सवः नयाँ वर्ष, नयाँ रहर’ योजना सार्वजनिक गरेको छ । ‘किनौं सबै दराजमा’ भन्ने मुल नाराका साथ आफ्नो प्लेटफर्मममा इच्छा अनुसारको हरेक उत्पादन उपलब्ध गराउने र खरिदकर्ता र बिक्रेतालाई एक आपसमा जोड्ने उद्देश्यका साथ अफर सार्वजनिक गरिएको दराजले जनाएको छ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरका अनुसार दराज नेपालले गुणस्तरीय प्रोडक्ट मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न पनि अग्रसर रहेको भन्दै नयाँ वर्ष अफर सार्वजनिक गरिएको बताइन्। यसका लागि नेपाली नयाँ वर्षको उपलक्ष्यमा दराज नेपालले विभिन्न बिक्रेता र पेमेन्ट पार्टनरहरुसँग साझेदारी गरेको उनको भनाइ छ। यस नेपाली नयाँवर्ष अभियानले ‘किनौं सबै दराजमा’ भन्ने सन्देश पनि ल्याएको कम्पनीले बताएको छ ।
कम्पनीकाअनुसार मेगा गिभ-अवे मा १ लाख ९ हजार ९९९ रुपैयाँ बराबरको रियलमी जीटी २ प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भाउचरमा ५००० रुपैयाँसम्मको छुट र प्रि-पेमेन्टमा १००० रुपैयाँसम्म छुट उपलब्ध रहेको छ ।
दराजका अनुसार नबिल बकैं, ग्लोबल आईएमई, एनआईसीएसिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंकको कार्ड भएका ग्राहकहरुले प्रि -पेमेन्टमा २० प्रतिशत (रु. १००० सम्म) छुट लिन सक्नेछन्।
त्यसैगरी, ग्राहकहरूले आईएमई पे मार्फत प्री पेमेन्टमा १० प्रतिशत अधिकतम रु २०० र इसेवा मार्फत १० प्रतिशत अधिकतम रु। १०० सम्मको छुट पाउन सक्नेछन् । यी अफरहरूको मजा लिन दराज नेपालले आफ्ना ग्राहकहरूलाई अनलाइन भुक्तानीका लागि आफ्नो बैंक कार्ड प्रयोग गर्नुपर्ने छ।
पार्ट्नरहरुसँगको साझेदारी
दराज नव वर्ष उत्सव-नयाँ रहर, नयाँ अफरमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट आकर्षक अफरहरु सूचीबद्ध रहेको कम्पनीले बताएको छ। ग्राहकहरूले यस अभियानमा आफूलाई मनपर्ने ब्रान्डहरूबाट खरिद गर्दा ७० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। अभियानका लागि डायमण्ड पार्टनरहरूमा डब्ल्यूओडब्ल्यू, सनसिल्क, बेटर, टालो, सुनरा र फ्यानसाइरा समावेश छन् । त्यसै गरी, गोल्ड पार्ट्नरहरुमा गणपति ज्वेलर्स, एस्टाबेरी, एक्स एज, रोहटो, प्लम, ब्रीलाइरा, मामाअर्थ र बेसमार्क रहेका छन्।
दराज नववर्ष उत्सवका अन्य अफरहरुमा सेयर एन्ड वीन, भाउचर छुट, एडटू कार्ट र क्याटेगोरी अनुसार छुटहरू समावेश छन्। यो फर २० अप्रिलसम्म जारी रहनेछ।
प्रकाशित: २९ चैत्र २०७९, बुधबार