
काठमाडौं ।
सन् २०१९ देखि व्यावहारिक र उपयोगितावादी ई–बाइक उत्पादन गर्ने व्यवसायमा लागिरहेको क्यानेडियन ई–बाइक निर्माता डोस्ट कम्पनील क्रेट कार्गो इलेक्ट्रिक बाइक लन्च गरेको छ।
डोस्ट क्रेट कार्गो इलेक्ट्रिक बाइकले रियर माउन्टेड कार्गो एरिया डिजाइन अपनाएको छ। तसर्थ, यो कार्गो बाइक भए तापनि अगाडिको भागमा विस्तारित र्याक भने नभएको र यसले गर्दा ई–बाइकको अगाडिको डिजाइन सफा देखिनुका साथै सामान्य बाइक जस्तै देखिएको बताइएको छ।
डोस्ट क्रेटको डिजाइनमा यसको कोरमा स्क्वायर–ट्यूब ६०६१ एल्युमिनियम फ्रेम र एक रिजीड ६०६१ फोर्क रहेको छ। यस बाइक मोड्युलर डिजाइनमा पनि आउने भएकाले प्रयोगकर्ताहरूले धेरै उपयोगी एसेसरिजहरूका लागि एट्याचमेन्ट पोइन्टलाई सजिलैसँग रियर बास्केट, प्यासेन्जर सिट, फ्रन्ट र्याक र प्यानियर्स जस्तै भित्र र बाहिर गर्न सक्ने बताइएको छ।
यो ई–बाइक ७५० वाटको बाफाङ एम६०० मिड–ड्राइभ मोटरद्वारा चल्ने बताइएको छ। मोटरको अधिकतम १२५ एनएमको टर्क रेटिङ रहेको र यसले गर्दा बाइक बिना झन्झट ठाडो पहाडहरू पनि सहज रुपमा चढ्ने उल्लेख गरिएको छ। पेडल असिस्टेन्सको लागि टर्क सेन्सरका साथसाथै थ्रोटल पनि रहेको हुनाले यसले राइडरहरूलाई पेडलहरू प्रयोग नगरी वरिपरि घुम्न सहज बनाउने बताइएको छ। यस बाइकको लोड बोक्ने क्षमता ४४० पाउण्डसम्मको रहेको उल्लेख गरिएको छ।
सिङ्गल–ब्याट्री अप्सनको साथमा आउने क्रेटले ६० माइलसम्मको रेन्ज प्रदान गर्न सक्ने भनी बताइएको छ। साथै डुअल–ब्याट्री अप्सन (विकल्प)ले १२० माइलसम्मको दोब्बर राइडिङ्ग रेन्ज दिने बताइएको छ। बाइकमा अधिकतम दक्षता र कार्यसम्पादन (इफिसेन्सी र पर्फमेनस)का लागि भनेर इन्भिलो सीभीटी अटोमेटिक गियरबक्स पनि फिचर गरिएको छ । मोटरको पावर आउटपुटमा निर्भर भएर ट्रान्समिशनले स्वचालित रूपमा सबैभन्दा कुशल अनुपात (इफिसेन्सी रेसियो) चयन गर्ने बताइएको छ। त्यसैगरी म्यानुअल सिफ्टिङलाई प्राथमिकता दिने साइकल चालकहरूको लागि भनेर ई–बाइकमा समान रूपमा म्यानुअल मोड पनि रहेको उल्लेख गरिएको छ।
यसबाहेक, नयाँ डोस्ट क्रेटमा ब्रेक लाइट, टेललाइट र हाई–लो बीन सेटिङ्गका साथमा १००–लक्स एलईडी हेडलाइट मिलेर बनेको बृहत् प्रकाश प्रणाली पनि समावेश गरिएको छ। बाइकमा किकस्ट्यान्डका साथै ब्याट्री स्ट्याटस्, राईडिङ्ग मोडस् र डिस्ट्यान्स कभर जस्ता महत्त्वपूर्ण सवारी डाटा डिस्प्ले गर्ने मल्टि–कलर एलसीडी स्क्रिन पनि रहेको बताइएको छ।
सिङ्गल ब्याट्री संस्करणको इ–बाइकको मूल्य ४,९९९ डलरबाट सुरु हुने अपेक्षा गरिएको छ। त्यसैगरी डुअल–ब्याट्री संस्करणको मूल्य ६९९ डलरले उच्च हुने बताइएको छ। डोस्ट क्रेट पहिले नै ५०० डलरको मूल्यमा पूर्व–अर्डरहरूको लागि खुला भएको र २०२३को डिसेम्बर देखि ढुवानी सुरु हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २९ चैत्र २०७९, बुधबार