काठमाडौं ।
एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक अर्को हप्ता भारत भ्रमणमा आउनेछन्। ब्लूमबर्गको रिपोर्ट अनुसार सीईओ कुक भारतमा एप्पलको पहिलो स्टोर खोल्नका लागि यात्रा तय गरेका हुन्।
एप्पलले भारतमा आफ्नो पहिलो स्टोर मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्स वा बीकेसी अपस्केल मलमा खोल्नेछ। दोस्रो एप्पल स्टोर साकेत, दिल्लीमा खोलिनेछ।
क्युपर्टिनो–आधारित कम्पनीले पहिले नै घोषणा गरिसकेको छ कि एप्पल बीकेसी अप्रिल १८ मा मुम्बईमा खोल्नेछ, दोस्रो साकेत एप्पल स्टोर अप्रिल २० मा दिल्लीमा खोलिनेछ।
टिम कुकको भारत भ्रमण २०१६ मा सीईओको पहिलो भ्रमणको सात वर्षपछि हुन लागेको हो। यो भ्रमणले एप्पलले आफ्नो उत्पादनका लागि भारतलाई प्राथमिकतामा राखेको पनि संकेत गर्छ। पछिल्लो समय एप्पलको आईफोन र आईप्याड भारतमा उत्पादन शुरु भइसकेको छ।
भारत विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार हो। एप्पलले २०२० मा आफ्नो भारतीय अनलाइन स्टोर खोलेको थियो।
प्रकाशित: २८ चैत्र २०७९, मंगलवार