लाइसेन्स खारेजीमा परेको स्मार्ट टेलिकमको सेवा नचलेपछि नियामकको निर्देशन

  • Technology Khabar | २८ चैत्र २०७९, मंगलवार
लाइसेन्स खारेजीमा परेको स्मार्ट टेलिकमको सेवा नचलेपछि नियामकको निर्देशन
स्मार्ट टेलिकम प्रालिको ललितपुरमा रहेको ग्राहक सेवा केन्द्र। फाइल तस्बिर

काठमाडौं ।

स्मार्ट टेलिकम प्रालिका सेवाहरु देशका केही स्थानहरुमा नचलेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सेवा दूरसञ्चार सेवा संचालन गरि राख्न निर्देशन दिएको छ।

कम्पनीका सेवाहरु केही स्थानहरुमा नचलेको भन्ने बुझिन आएको सन्दर्भमा प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको भन्दै अनुगमन नियामक निकायको महाशाखाले सेवा संचालन गर्न भनेको हो।

‘दूरसञ्चार सेवालाई अति आवश्यक सेवाको रुपमा वर्गिकरण गरिएको दूरसञ्चार सेवा प्रदायकले दूरसञ्चार सेवाको अनुमतिपत्र बहाल रहंदासम्म नियम कानुनको पालना गर्दै निरन्तर दूरसञ्चार सेवा संचालन गर्नु पर्ने दायित्व रहन्छ।”

दूरसञ्चार प्राधिकरणले भनेको छ, “अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवाको अनुमतिपत्र बहाल रहँदासम्म सेवाग्राहीहरुले विना कुनै अवरोध सेवा उपभोग गर्न पाउने गरी दूरसञ्चार सेवा चुस्त दुरुस्त रुपमा संचालन गर्न श्री स्मार्ट टेलिकम प्रा.लि. लाई निर्देशन जारी गरिएको छ।”

हालसम्म स्मार्ट टेलिकमले सरकारलाई बुझाउनुपर्ने बाँकी बक्यौता रकम अझै नबुझाउँदा कम्पनीको लाइसेन्स प्राधिकरणले खारेज गरिदिएको छ। कम्पनीले यहि महिनाभित्र बक्यौता रकम बुझाउनुपर्ने अवधि रहेको छ।

प्रकाशित: २८ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार