काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो आठ महिनामा १३ सय ४० जीबी बराबरको इन्टरनेट ब्यान्डविथ नेपालले खरिद गरेको छ।
इन्टरनेट र टेलिफोन सेवा प्रदायक कम्पनीले फागुन मसान्तसम्म १३ सय ४० इन्टरनेट ब्यान्डविथ खरिद गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ।
यो अवधिमा वर्ल्डलिंक कम्युनिकेसन प्रालिले सबैभन्दा बढी ब्यान्डविथ किनेको देखिन्छ। वर्ल्डलिंकले ४०० जीबी ब्यान्डविथ नेपाल भित्र्याएको छ। यसका लागि वर्ल्डलिंकले १ अर्ब २४ करोड ३६ लाख रुपैयाँ भुक्तानी गरेको छ।
क्लासिक टेक २७ करोड ६९ लाख ११ हजार रुपैयाँ बराबरको ६० जीबी ब्यान्डविथ खरिद गरेको छ।
डिस मिडिया नेटवर्क ६ करोड ८७ लाख ७० हजार रुपैयाँ बराबरको ४० जीबी ब्यान्डविथ खरिद गरेको छ।
मर्कनटाइल १ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको २ जीबी ब्यान्डविथ खरिद गरेको छ।
एनसेल ११ करोड ५८ लाख ६७ हजार रुपैयाँ बराबरको १४० जीबी ब्यान्डविथ खरिद गरेको छ।
नेपाल डिजिटल सर्भिस १९ करोड ३७ लाख ४७ हजार रुपैयाँ बराबरको २०० जीबी ब्यान्डविथ खरिद गरेको छ।
सुविसु केबलनेट ५० करोड ७ लाख ४६ हजार रुपैयाँ बराबरको १८० जीबी ब्यान्डविथ खरिद गरेको छ।
भायोनेट कम्प्युनिकेसनले ६५ करोड ८७ लाख ५५ हजार रुपैयाँ बराबरको १३० जीबी ब्यान्डविथ खरिद गरेको छ।
नेपाल टेलिकमले १७३ जीबी र सीजी कम्युनिकेसनले १५ जीबी ब्यान्डविथ खरिद गरेको छ।
के हो ब्यान्डविथ ?
ब्यान्डविथ भनेको इन्टरनेटको पाइप हो। उक्त पाइपमार्फत इन्टरनेटको कन्टेन्ट आउने गर्छ कन्टेन्ट भन्नाले पाइपलाइनमार्फत विश्वका हरेक क्षेत्रबाट नेपालमा आउने सामाग्री हो। जस्तो हामीले गुगल, फेसबुक, ट्विटर प्रयोग गर्छौं, त्यसमा भएको कन्टेन्ट इन्टरनेसनल ब्याडविथ हो। ब्यान्डविथ जति घेरै हुन्छ, त्यति धेरै स्पीड बढ्छ ।
प्रकाशित: २८ चैत्र २०७९, मंगलवार