काठमाडौं ।
भिभो एक्स फोल्ड२ र एक्स फ्लिपलाई विगत दुई महिनामा धेरै लीकहरूमा (फिचर्ड) चित्रित गरिएको थियो। अब उक्त डिभाइसहरुको लन्च मितिको बारेमा अफवाहहरु बाहिरिएको छ। चीनको विश्वसनीय लीकस्टरले उपलब्ध गराएको जानकारीको आधारमा, भिभोले आफ्नो नयाँ फोल्डेबहरुका साथै भिभो प्याड २ ट्याब्लेट आगामी अप्रिल २० मा प्रस्तुत गर्ने जीएसएमएरिनामा उल्लेख गरिएको छ।
लन्च मिति खुलासाको अतिरिक्त, उक्त फोल्डेबलहरूको केही नयाँ आधिकारिक देखिने छविहरूको साथसाथै सबै तीन उपकरणहरूको थप स्पेक्सको पुष्टिहरू पनि प्राप्त भएको बताइएको छ। भिभो एक्स फोल्ड२ लाई एकपटक फेरि १९१६ह२१६०पीएक्स रिजोल्युसन सहितको ८.०३–इन्चको एएमओएलईडी डिस्प्लेको साथ लन्च हुने भनिएको छ। यो डिभाइस स्न्यापड्रागन ८ जेन २ चिपसेटद्वारा संचालित हुनुका साथै यसमा १२०वाटको वायर्ड चार्जिङ र ५०वाटको वायरलेस चार्जिङ समावेश हुने उल्लेख गरिएको छ।
एक्स फ्लिप क्ल्यामशेल फोल्डेबलमा ४४वाट चार्जिङ र ५० मेगापिक्सेलको सोनी आईएमएक्स८६६ मुख्य सेन्सरसहितको ४,४००एमएएच ब्याट्रीको साथमा स्न्यापड्रागन ८प्लस जेन १ चिपसेट समावेश गरिने भनिएको छ। त्यसैगरी भिभो प्याड२ भने १८००ह२८८०पीह रिजोल्युसन र ७ः५ यासपेक्ट रेसियो सहितको सहितको १४४ हर्ज एलसीडी, मेटल बडी र डाइमेन्सिटी ९०००+ चिपसेटको साथ लन्च हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २८ चैत्र २०७९, मंगलवार