आइएमई पेमार्फत गोल्डस्टार शुजको खरिदमा फ्ल्याट १५ प्रतिशत छुट

  • Technology Khabar | २७ चैत्र २०७९, सोमबार
आइएमई पेमार्फत गोल्डस्टार शुजको खरिदमा फ्ल्याट १५ प्रतिशत छुट

काठमाडौं ।

आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे”ले “गोल्डस्टार शुज” सँग नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ।

कम्पनीकाअनुसार २०७९ चैत २७ देखि २०८० बैशाख ०५ सम्म जम्मा ९ दिन का लागि कायम रहने यस अफर अन्तर्गत गोल्डस्टार शुजको आधिकारीक शोरुमहरुबाट कुनै पनि जुत्ता खरिदमा आइएमई पे मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ।

नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आइएमई पे र गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रर्वद्घनात्मक गर्न सो सम्झौता गरेको जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार