सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने पक्राउ

  • Technology Khabar | २७ चैत्र २०७९, सोमबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने पक्राउ

काठमाडौं ।

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा झापा गाउँपालिका-६ स्थायी ठेगाना भएका २० वर्षीय कादिर मोमिनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल फेसवुक र टिकटकमा पीडित महिलाको चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेख्नुको साथै अन्यको शरीर जोडिएको तस्बिर र भिडियोहरू पोष्ट गरी दुःख हैरानी दिई चरित्र हत्या हुने कार्य गरेको उजुरी परेको थियो। सोही आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई झापा गाउँपालिका-६ बाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार