ग्यापुभर्सरीको अवसरमा ग्यापुमा ८० प्रतिशतसम्म छुट

  • Technology Khabar | २७ चैत्र २०७९, सोमबार
ग्यापुभर्सरीको अवसरमा ग्यापुमा ८० प्रतिशतसम्म छुट

काठमाडौं ।

नेपाली ईकमर्श ग्यापु मार्केटप्लेसले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव (ग्यापुभर्सरी)को अवसरमा ८० प्रतिशतसम्मको छुट अफर ल्याएको छ।
कम्पनीले तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरूका लागि नयाँ अफर ल्याएको हो।

कम्पनीमार्फत सामान खरिद गरि माछापुच्छ्रे बैंकबाट डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म तथा १०८० रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने कम्पनीले जनाएको छ।

इलेक्ट्रोनिक्स, होम अप्लायन्स, ब्युटी एण्ड हेल्थ, फेसन, मेड इन नेपाल लगायतका सामाग्रीहरूको खरिदमा छुट तथा क्यासब्याक योजना ल्याइएको कम्पनीका अपरेशन म्यानेजर अशोक कार्कीले जानकारी दिए।

नगद छुट तथा फिर्ताका साथै कम्पनीले ग्राहकहरूलाई विभिन्न गिफ्ट ह्याम्पर्स दैनिक रूपमा जित्ने अफर सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार, नेपालमा सञ्चालित मुख्य मुख्य वालेटहरूमार्फत कारोबार गर्दा वा बिल तिर्दा हरेक दिन १०० प्रतिशतसम्मको क्यासब्याक समेत पाउन सकिनेछ ।

यो अफर २८ चैत २०७९ देखि २ वैशाख २०८० सम्म सञ्चालन हुनेछ। यस अवधिमा ग्राहकले ५ हजारभन्दा बढी सामानमा छुट पाउने कम्पनीको भनाई छ।

ग्यापुमा २ लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् ।

प्रकाशित: २७ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...