टेस्लाले सांघाईमा मेगाप्याक कारखाना निर्माण गर्ने

Technology Khabar २७ चैत्र २०७९, सोमबार

काठमाडौं ।

टेस्लाले चीनको सांघाईमा नयाँ ब्याट्री कारखाना निर्माण गर्ने भएको छ। आइतबार, अटोमेकरले यस वर्षको अन्त्यमा नयाँ मेगाप्याक सुविधाको (फ्यासिलिटि) निर्माण सुरु गर्ने घोषणा गरेको छ।

सन् २०२४ को दोस्रो अर्धवार्षिक अगावै प्लान्ट सम्पन्न भएपछि कारखानाले वार्षिक १०,००० मेगाप्याक उत्पादन गर्न सक्ने बताइएको छ। प्रत्येक कन्टेनर–साइज्ड ब्याट्रीले लगभग ३,६०० घरहरूलाई एक घण्टाको लागि पुग्ने गरि पर्याप्त ऊर्जा भण्डारण गर्न सक्ने उल्लेख गरिएको छ।

चीनमा बनाइएको मेगाप्याकहरुलाई विश्वव्यापी रूपमा बेच्ने योजना बनाएको ब्लूमबर्गले रिपोर्ट गरेको छ। कम्पनीले टेक्सास र दक्षिण अष्ट्रेलिया लगायत विश्वभरका केही स्थानहरूमा मेगाप्याक स्थापनाहरू निर्माण गरेको छ।

अमेरिकाले अटोमेकरहरू र अन्य उत्पादकहरूलाई घरेलु रूपमा उत्पादन गर्नका लागि आर्थिक नीति प्रयोग गरिरहेको अवस्थामा भने आइतवारको घोषणाले टेस्लाले चीनमा आफ्नो निर्भरता बढाएको देखिएको बताइएको छ।

गत महिनाको अन्त्यमा, ट्रेजरी विभागले (अद्यावधिक) अपडेटेड गाइडेन्स जारी गर्दै (मुद्रास्फीति न्यूनीकरण ऐन) इन्फ्लेसन रिडक्सन एक्टको ७,५०० डलर ईभी कर क्रेडिटको लागि के–कस्ता विद्युतीय सवारी साधनहरू योग्य हुन्छन् भन्ने विवरण सार्वजनिक गरेको बताइएको छ।

अद्यावधिक गरिएका नियमहरू अन्तर्गत, विभागले कम्पनीहरूले प्रोत्साहनको लागि योग्य हुनका लागि गाडीहरूको लागि संयुक्त राज्य अमेरिका र अन्य स्वीकृत व्यापार साझेदारहरूबाट आफ्नो कार ब्याट्रीहरूमा खनिजहरू स्रोत गर्नुपर्ने उल्लेख गरेको बताइएको छ। साथै अलग रूपमा, बाइडेन प्रशासनले हालै मात्र ‘चिप्स एक्ट’ कोष प्राप्तकर्ताहरूले चीनमा उनीहरूले उत्पादन क्षमता विस्तार नगर्ने वाचा गर्दै सम्झौताहरूमा हस्ताक्षर गर्नुपर्ने बताएको इनग्याजेटमा उल्लेख गरिएको छ।

प्रकाशित: २७ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया