पिक्सेल फोन प्रयोगकर्ताहरू गुगलबाट अनियमित रूपमा पैसा प्राप्त गर्दै

  • Technology Khabar | २७ चैत्र २०७९, सोमबार
पिक्सेल फोन प्रयोगकर्ताहरू गुगलबाट अनियमित रूपमा पैसा प्राप्त गर्दै

काठमाडौं ।

/आर/ गुगलपिक्सेल सबरेडिटमा केही प्रयोगकर्ताहरूले गुगलबाट “डगफुडिङ द गुगल पे रेमिटेन्स एक्सपिरियन्स” को लागि पैसा प्राप्त गर्दैछन् भन्ने नोटिफिकेसनको साथ निःशुल्क नगद प्राप्त गरिरहेका छन्। कसै–कसैले मामूली रकम पाएका छन् भने अन्य प्रयोगकर्ताहरूले आफ्नो ब्यालेन्समा हजार डलर भन्दा बढिले वृद्धी भएको देखेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

“डगफुडिङ” भन्नाले कम्पनीका कर्मचारीहरूले नयाँ फिचर वा सेवालाई सार्वजनिक रुपमा उपलब्ध गराउनु अघि परीक्षण गरिरहेका छन् भनी बताइएको छ। गुगलले संयोगवश अनियमित प्रयोगकर्ताहरूलाई गुगल पे फिचर्सको “परीक्षण” गर्नका लागि नगद पठाएको जुन वास्तवमा परीक्षण गरेका उनीहरूका कर्मचारीहरूलाई पठाउनु पर्ने थियो भनी उल्लेख गरिएको छ।

फलो–अपको रूपमा, गुगलले प्रभावित प्रयोगकर्ताहरूलाई उनीहरूले भुक्तानी उल्ट्याउन प्रयास गर्ने जानकारी दिएको तर यदि गुगल असमर्थ भएको खण्डमा भने नगद प्रयोगकर्ताहरूले नै राख्न पाउने बताइएको छ। के तपाईं ती भाग्यशाली पिक्सेल प्रयोगकर्ताहरू मध्ये एक हुनुहुन्छ?

प्रकाशित: २७ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार