“आइएमई पे बाट सजिलै आइएमई लाईफको बीमा पोलिसी नविकरण गर्न सकिने”

  • Technology Khabar | २६ चैत्र २०७९, आईतवार
“आइएमई पे बाट सजिलै आइएमई लाईफको बीमा पोलिसी नविकरण गर्न सकिने”

काठमाडौं ।

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ।

सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत “इन्स्योरेन्स” को “पे प्रिमियम“ मा गई ‘आइएमई लाईफ नविकरण” क्लिक गरि मागिएको विवरण प्रदान गरि केहि सेकेन्डमै आफ्नो पोलिसी नविकरण गर्न सक्नेछन्।

उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नविकरण गर्न प्रोत्साहन गर्ने उदेश्यका साथ उपलब्ध गरिएको हो।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार