नयाँ एयरपड्स पेटेन्टले लिस्निङ एक्सपिरियन्सलाई थप इमर्सिभ बनाउन सक्ने

  • Technology Khabar | २६ चैत्र २०७९, आईतवार
नयाँ एयरपड्स पेटेन्टले लिस्निङ एक्सपिरियन्सलाई थप इमर्सिभ बनाउन सक्ने

काठमाडौं ।

एप्पलको हालै संयुक्त राज्य ट्रेडमार्क र पेटेन्ट अफिस (यूएसपीटीओ) मा दायर गरिएको पेटेन्टले एयरपड्सको सम्भावित भविष्यका फिचर्स उजागर गरेको छ। यसले वातावरणको ध्वनिलाई ध्यानमा राखेर संगीत सुन्नलाई थप इमर्सिभ र प्राकृतिक बनाउने लक्ष्य राखेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

हेडफोनहरुले एक्वेस्टिक इनभाइरोमेन्ट सिमुलेट गर्न विभिन्न प्यारामिटरहरूलाई डाईनामिक रूपमा समायोजन गर्ने बताइएको छ। सैद्धान्तिक रुपमा, उपलब्ध भएका सेन्सर्स, माइक्रोफोन्स र डिजिटल सिग्नल प्रोसेसिङ युनिट प्रयोग गरेर हेडसेटले कार, रेल, कोठा, कार्यालय, आदि पहिचान गर्न सक्षम हुनुपर्ने उल्लेख गरिएको छ।

एल्गोरिदमले त्यसपछि ध्वनिको दबाब समायोजन गर्नेछ, वातावरणको ध्वनिकको नक्कल गर्नेछ र साथै स्रोत अडियो वा भिडियो फाइलको ध्वनि ध्वनिक (अक्वेस्टिक) ट्युन गर्ने बताइएको छ। साथै स्पाटियल साउण्डले पनि मुख्य भूमिका खेल्ने उल्लेख छ।

अन्य धेरै पेटेन्टहरू जस्तै, यो एक वास्तविक उत्पादनमा समावेश हुने वा नहुने भनी दुबै सम्भावना रहेको र यसको जवाफ केवल समयले बताउनेछ।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार